१८८ देशमा फैलिएको कोरोनाको कारण १३ हजार ६८ जनाको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख बढीमा संक्रमण भएको छ । ९५ हजार ८२८ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म १८८ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म४ हजार ८२५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २६१ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३४८ र स्पेनमा १३ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।

लोकपथ विशेष
यति भयानक विश्वब्यापी महामारी र त्यसको सन्त्रासबारे बुढाबुढी नै भन्छन्, यति ठूलो कोलाहल आजसम्म सुनिएको थिएन । संकटको कारक कतै देखिँदैन, तर सारा पृथ्वीवासीलाई ज्ञात छ यसले नरसंहारद्वारा आफ्नो अस्तित्व देखाईरहेको छ । विश्वका अन्य जनताजस्तै नेपालीहरू संघारमै आएको कोरोना महामारीको सन्त्रासबाट औडाहाग्रस्त छन् । भोली महामारी फैलियो भने झन् कुन परिस्थिति आउला ! प्रतिव्यक्ति आयमा नेपालभन्दा ३४ गुणा धनी ईटलीजस्तो युरोपको विकसित मुलुकमा आज यो महामारी काबुभन्दा बाहिर गएर भगवान भरोसामा पुगेको छ भने भोली नेपालमा फैलिनसक्ने कोरोनाले कसलाई बाँकी राख्ला ? रोग र महामारीले ठूलोठालु, मन्त्री वा नेता, ज्ञानीगुनी वा मूर्ख भन्दैन

संकट र खतरा सबैका निम्ति समान रुपमा आईलागेको यस्तो बेलामा सरकारको व्यवस्थापन, संयोजन र कार्यसम्पादनको त परीक्षा हो नै । पचास हजारभन्दा बढीको संख्यामा रहेका राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई-एन्जीओ) हरू, शिक्षण संस्थाहरू र अन्य कल्याणकारी संस्थाहरूले पनि उचित भूमिका देखाउने परीक्षाको बेला हो । यीमध्ये नौसयभन्दा बढी (करिब एकहजार) गैरसरकारी संस्थाहरू स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी दर्ता भएका छन् । जीवन–मरणको यस्तो घडीमा ती गैरसरकारी संस्थाहरूको आवश्यकता र औचित्य देखिनुपर्ने हो । स्वास्थ्य क्षेत्रमा काम गर्ने भनी दर्ता भएका यी गैरसरकारी संस्थाहरू कुन हालतमा छन्, के गर्दैछन् वा चलेका छन् कि छैनन्, सरकारले यसबारे विस्तृत जानकारी लिएर तिनको अनिवार्य परिचालनका लागि कदम चलाउनुपर्छ । अन्तर्राष्ट्रिय स्तरको संकटबाट ग्रसित देशले उनीहरूको योगदान र भूमिका पाउँदैन भने अघि–पछिको परिस्थितिमा यिनीहरूको आवश्यकता र औचित्य नै के रहने हो ?

व्यवसायी र गैरसरकारी संस्थाको भूमिका

नेपालमा वस्तु उत्पादक उद्योगहरू करीब आठ हजारको संख्यामा चालु अवस्थामा छन्, २० हजारभन्दा बढी अस्पताल, होटेल, पर्यटन व्यवसायलगायतका सेबा उद्योगहरू सञ्चालित छन् । व्यक्तिको अधीनमा चलिरहेका अन्य तीसौँ हजारको संख्यामा ब्यापार–व्यवसाय सञ्चालित छन् । अब यी सबै संस्थापनाहरूको एकीकृत समाधानमूलक भूमिका यो महासंकटले खोजेको छ । नेपालजस्तो गरीब मुलुकमा सरकारमात्र होइन, निजी क्षेत्रका यस्ता सबै संस्थाहरू आ–आफ्नो भूमिका देखाउन अग्रसर हुनुपर्छ ।

कतिपय उद्योगी–ब्यापारीहरूले सरकारबाट सहुलियत र राहतको घोषणा माग गरेको समाचार आयो । असीमित आवश्यकता र त्योभन्दा ब्यापक आकांक्षाकाबीच सीमित साधन सबैतिर पु¥याउनु पर्ने सरकारले कसका आवश्यकतालाई प्राथमिकता दिनुपर्ने हो ? सरकारको क्षमताले माग पूरा गर्न सक्दैन, आवश्यकता पनि प्राथमिकताका आधारमा पूरा गर्नुपर्ने हुन्छ भने अहिलेको प्राथमिकता–१ मा भएको आवश्यकता के हो भन्ने सवालको जवाफ जगजाहेर छ । यो बेलामा पनि जम्मै काम छोडी उद्योगी र ब्यापारीलाई राहत र सहुलियत पुर्र्याउन पुग्ने कुन सरकार पागल होला ! त्यसैले उद्योगी–व्यापारीहरूले सरकारलाई राहत र सहुलियतका लागि दङ्ग्याउने जनविरोधी क्रियाकलाप र आवाज बन्द गरुन् । चिनी उद्योगीहरूले उखू किसानलाई ५ वर्षदेखिको रकम चुक्त्ता अझै गरिसकेका छैनन् । धेरैजसो उद्योगी–व्यापारीहरूले सरकार वा सरकारी निकायलाई बुझाउनुपर्ने कर वा अन्य महसुल बुझाएका छैनन् । संकटको यस्तो अवस्थामा उनीहरूले सरकारको कर तथा महसुल र जनतालाई बुझाउनुपर्ने ऋण चुक्ता गरिदिए पनि संकटमा साथ दिएको अर्थमा बुझ्न सकिन्छ ।

सरकार जनता ऐक्यबद्धता

अहिले व्यवसायको चिन्ता होइन, जनस्वास्थ्य र जनजीवनको चिन्ता र निर्णय गर्ने बेला हो । संकट भनेको अधिकारको होइन कर्तब्यको खोजी गर्ने बेला हो । सरकारले मात्र होइन सबैले आ–आफ्ना स्थानबाट मुलुकलाई संकटमुक्त बनाउनु आजको अनिवार्यता हो । संकटको बेलामा समाधानको पहिलो र अनिवार्य प्राथमिकता एवं कर्तब्य नै सरकारले नागरिकहरूको ज्यान–धनको सुरक्षा एवं जनस्वास्थ्यको संरक्षण गर्ने दायित्व हो । वर्तमान संकटको समाधान गर्ने राष्ट्रको सर्बोच्च आधिकारिक संस्था प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद नै हो । कार्यकारी गतिविधिको दृष्टिले अन्य सबै अधिकारी र संस्था प्रधानमन्त्री र उनको क्याबिनेट पछिका हुन् । संकटकालीन परिस्थितिमा जनताको जीवन र भविष्य सुरक्षित राख्ने कर्तब्य र उत्तरदायित्व नै सरकार हुनुको औचित्य हो ।

अहिले कुन पार्टीको वा कुन सिद्धान्तको वा कस्तो रंगको सरकार छ भन्ने सवालको कुनै अर्थ र महत्व छैन । संकट निवारण र जनताको सर्वोत्तम भलाईका लागि सरकारले के ग¥यो वा गर्दैछ, यो नै अहिलेको नागरिक सरोकार हो । त्यसकारण सरकारको विरोध, ऊ प्रतिको पूर्वाग्रह र असहयोग जनताबिरूद्धको षड्यन्त्रको अर्थमा बुझ्नुपर्छ । त्यसैले वर्तमान परिस्थितिमा सरकारको विरोध र असहयोग गरेर सामुन्ने पहाडजस्तो भएर उभिएको संकट तह लगाउन सकिन्न । त्यसैले सरकारको विरोध अहिलेको जनमुखी कार्य होइन । सरकारको विरोध गर्ने, फाल्ने वा माईनस गर्ने अवसर त संकट मुक्त भएको सामान्य अवस्थामा हो । यो बेला सरकारले निर्विरोध काम गर्न पाउनुपर्छ ।

कोरोना भाईरसको महामारी लरतरो छैन । चीनजस्तो मुलुकलाई यसले हायलकायल बनायो । ईटलीलाई आज आच्छुआच्छु परिरहेको छ । इटलीमा यसैबाट मानिसको मृत्यु भएको संख्याले चीनलाई उछिनिसकेको तथ्याङ्कले संकटको गाम्भीर्य आँक्न सकिन्छ । त्यस्तै हालत फ्रान्स, स्पेन र ईरान पनि भोगिरहेका छन् । अमेरिकाजस्तो महाशक्ति राष्ट्रलाई यसले तवाह मच्चाउन थालेको छ भने बुझौँ यो महामारी नेपालमा पस्यो भने के हालत होला ! महामारीले कसैलाई माया गर्दैन ।

नेपालले अब गर्ने ? 

आर्थिक गतिविधि शिथिल होलान्, होउन् । जनताको ज्यान रहे आर्थिक गतिविधि फेरि सुचारु गर्न सकिन्छ । विकास गतिविधि रोकिएला, रोकियोस् । जनताको जीवन र स्वास्थ्य रहे नै विकासका गतिविधि हुनुपर्ने हो । त्यसैले सर्बप्रथम जतिसुकै खर्च लागे पनि सरकारले कोरोना भाईरसको महामारीबाट जनतालाई पूर्ण मुक्त गर्ने सम्पूर्ण कदम, बजेट, अर्धसरकारी साधन वा शक्ति, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नुपर्छ ।

जनतालाई सशक्तीकरण गर्नको लागि जतिसुकै खर्च लागे पनि सरकार तयार रहनुपर्छ । ३ महिना विकास गतिविधि ठप्प होला, होस्, तर जनताई कोरोना भाइरस परास्त गर्न सशक्त बनाउनै पर्छ । ‘अगर’ र ‘मगर’ का भाषा वा बहानावाजी चल्दैन । कोरोना भाईरसलाई हामीले जित्न सकेनौँ भने उसले सारा नेपाल जित्ने निश्चित छ, त्यो बेलामा हाम्रो हालत के होला, कल्पना गरौँ र यो महामारीमा सरकार र जनताका बीच ऐक्यबद्ध भएर विजयी हुने रणनीति अपनाऔँ ।

 

कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।

आज हामी तपाईलाई तिनै महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौँ ।

१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयाग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।

२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।

३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्कको प्रयोग गरौँ ।

४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।

५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।

६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।

७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।

८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।

कोरोना भाइरस बारे १० झुट

संसारका १०० भन्दा धेरै देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । एक पछि अर्काे देशमा गर्दै कोरोनाको प्रकोप झनै बढेको छ ।

तर कोरोनाको बारेमा बिभिन्न अफवाह फैलाइएको पनि छ, जसबाट आम मानिसहरु डरले काँपी रहेका छन् । तर आज हामी तपाईलाई कोरोनाको बारेमा १० झुट र त्यको सत्य कुराको बारेमा जानकारी दिनेछौँ ।

१. के कोरोना भाइरस जाडोका कारण फैलिन्छ ?

कोरोना भाइरस जाडोका कारण नफैलिने युनिभर्सिटी अफ हङकङ्गले एक रिसर्चबाट पत्ता लगाएको छ । रिसर्चमा सामान्य फ्लुबाट पीडित व्यक्तिबाट ३ जनासम्म भाइरस फैलिन सक्दछ ।

तर कोरोनाबाट संक्रमित व्यक्तिले भने अत्याधिक मानिसहरुलाई संक्रमण सर्ने हुन्छ । फ्लुको उपचार छ तर कोरोनाको कुनै पनि एक्सनको अनुसन्धान हुन अहिलेसम्म सकेको छैन ।

२. के संक्रमण हुनुको मतलव मृत्यु हो ?

कोरोनाको संक्रमण हुनु नै मृत्यु हुनु भन्ने होइन, चीनमा कोरोनाबाट संक्रमित ५८ हजार मानिसहरु स्वस्थ भईसकेका छन् ।

विशेषज्ञहरुका अनुसार कोरोनाको संक्रमणबाट मृत्यु हुने खतरा लगभग २० प्रतिशत मात्र हुन्छ ।

३. के पालेका जनावरहरुबाट कोरोनाको खतरा छ ?

अहिलेसम्म कुनै रिसर्चमा कुनै पनि पालिएको जनावरहरुबाट कोरोनाको संक्रमण सर्न सक्दछ भन्ने कुराको पुष्टि भईसकेको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म यस्ता केहि पनि मामला आएका छैनन् । तर जनावरहरुलाई छोएपछि भने साबुन पानीले हात धुन आवश्यक छ ।

४. के कोरोनाको औषधी आइसकेको हो ?

केरोना भाइरसका लागि अहिलेसम्म कुनैपनि औषधी बनिसकेको छैन ।

संसारभरका वैज्ञानिकहरु कोरोना नष्ट गर्ने औषधीकै खोजीमा छन् । तर चीनले भने भाइरस नष्ट गर्ने औषधीको पत्ता लगाईसकेको दाबी गरेको छ ।

५. के बच्चाहरुमा कोरोनाको खतरा हुँदैन ?

कोरोना भाइरसले बच्चाहरुमा केहि असर गर्दैन भन्ने कुरा गलत हो । तर कोरोनाका धेरैजसो घटनाहरु अहिलेसम्म वयस्क र वृद्धहरुमा मात्र धेरुै देखिएको छ ।

चाइना सीडीसी विक्लीमा प्रकाशित एक रिसर्चका अनुसार १० देखि १९ वर्षका व्यक्तिहरुमा जम्मा १ प्रतिशत व्यक्तिहरुलाई मात्र कोरोनाको संक्रमण देखिएको छ ।

१० देखि कम उमेरका बच्चाहरुलाई १ प्रतिशत भन्दा कम देखिएको पाइएको छ ।

६. के धेरै तापक्रममा कोरोना नष्ट हुन्छ ?

अहिलेसम्म यस कुराको कुनै पुष्टि भई सकेको छैन । तर धेरै तापक्रममा भाइरस एक दोश्रोमा फैलिने भन्ने खतरा कम हुन्छ । किनभने सबै भाइरस गर्मीदेखि धेरै टाढा रहन्छन् ।

७. के तातो पानीले नुहाउँदा संक्रमणको खतरा कम हुन्छ ?

यो तथ्य भने एकदमै गलत रहेको एक अध्ययनको निस्कर्ष छ । तर पटक पटक साबुन पानीले हात धुँदा भने कोरोनाको खतरा कम हुन सक्दछ ।

८. के इम्युनिटी बढाउने औषधीले कोरोनाबाट बच्न सकिन्छ ?

औषधी चाहे एलोप्याथिक हो वा फेरी आयुर्वेदिक यसले इम्युनिटीलाई बढाउन सक्दछ तर यसले नै कोरोना भाइरसबाट बचाउन सक्ने भनेर कुनै अध्ययनले पत्ता लगाएको भने छैन ।

९. के नाकमा ब्लीच लगाउँदा कोरोनाबाट मुक्ति मिल्दछ ?

ब्लीच वा क्लोरिन जस्’ता किटाणुनाशक सेल्वन्ट्स जसमा ७५ प्रतिशत इथेनल, प्यारासिटिक एसिड र क्लोरोफर्म हुन्छ ।

वास्तवमा कोरोना भाइरसलाई सतहमा नष्ट गर्न सकन्छ, तर सत्य यो हो कि यस्तो किटनाशक छालामा लगाउँदा केहि फाइदा हुँदैन र शरीरका लागि यस्तो रासयन हानीकारक हुन सक्दछ ।

१०. हरेकलाई ‘एन-९५’ मास्क नै आवश्यक र जरुरी छ त ?

हेल्थ केयर वर्कर, जो कोरोना संक्रमितका साथ काम गर्दछन्, उनीहरुलाई मात्र एन ९५ मास्क लगाउनु आवश्यक छ ।

आम मानिसहरु, जसलाई कोरोनाको केहि लक्षण छैन, उनीहरुलाई कुनै पनि मास्कको आवश्यकता पर्दैन । तर यदि तपाई सार्वजनिक ठाउँमा जानुहुँदैछ भने साधारण मास्क लगाउनु आवश्यक हुन्छ ।

 

कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)

आजभोलि सार्वजनिक सवारी साधनमा हिँडडुल गर्दैगर्दा कसैले खोक्यो वा हाँछ्यू ग-यो भने सबैका शंकास्पद नजर उहीतिर हेर्छन् । साथीहरुसँग बसिरहेको वेला त अझ टाउको दुख्यो वा सास फेर्न गाह्रो भएजस्तो भयो भन्नै नहुने । सबैले एउटै प्रतिक्रिया दिन्छन्, ‘कोरोना लाग्यो कि क्या हो ?’

भलै यस्ता अभिव्यक्ति ख्यालठट्टामै दिइएका हुन् तर, आजभोलि कोरोनाको आतंकले मानिसको मानसपटलमा नराम्रोसँग प्रभाव पारेको प्रष्टै हुन्छ ।
अझै सामाजिक सञ्जालपनि कोरोनाका सनसनीपूर्ण खबरले भरिएका छन् ।

नेपाल झन् कोरोनाको ‘मानसिक साइड इफेक्ट’बाट ग्रसित भएको छ । छिमेकी मुलुक हुनु र ‘भिजिट नेपाल २०२०’ चलिरहँदा धेरै भन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रिनु यसका दुई मूख्य कारण हुनसक्छन् ।

बाहिर निस्किँदा मास्क प्रयोग गर्ने जमात पहिलेभन्दा बढ्नु, बजारमा मास्क तथा ह्याण्ड स्यानिटाइजरहरुको अभाव हुनु आदिले यही संकेत गर्दछ ।
भलै कोरोना संक्रमणको परिक्षणका लागि नमुना पठाइएका ४ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ तर, अझै पनि यसकोे प्रकोप छँदै छैन भन्न मुस्किल भएको चिकित्सक तथा सम्बन्धित निकायको भनाइ छ ।

कोरोना भाइरस, नेपालमा यसको संक्रमणको सम्भाव्यता र त्यसको परिणाम लगायत विषयमा लोकपथ डट कमले विभिन्न चिकित्सकहरुसँग कुराकानी पनि गरेको थियो । यही दौरान ग्रान्डी अस्पतालमा कार्यरत संक्रामक रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘हामी जति आत्तिएका छौं त्यति आत्तिनु पर्दैन तर, सतर्क चाहिँ रहनुपर्छ ।’

सतर्क कसरी रहने भन्ने प्रश्नमा उनी भन्छन् :

मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । र, अर्को अत्यन्तै महत्वपूर्ण कुरा जसलाई नजरअन्दाज पनि गरिन्छ त्यो हो, हातको सरसफाइ । मास्क भन्दा बढी हातको सरसफाइमा ध्यान दिनुपर्छ । हातको सरसफाइका विषयमा हामी त्यति ध्यान दिँदैनौं । हेर्दा सफैजस्तो लाग्छ अनि हामी हात नै धुँदैनौं । तर, हाम्रो शरीरमा संक्रमण हुने अधिकांश भाइरस प्राय हातकै माध्यमबाट हाम्रो खाना तथा नाक, आँखा हुँदै हाम्रो शरीरमा प्रवेश गर्छन् ।

हातको सरसफाइ कसरी गर्ने त ?

घरमै हुँदा पनि अरुले प्रयोग गरेको सामानहरु छोएपछि, खाना खानुअघि र पछि राम्ररी साबुन पानी वा ह्याण्ड वासले हात धुने ।

सार्वजनिक स्थलमा कम जाने । भीडभाडमा कम उपस्थित हुने । सकेसम्म धेरैजनाको भेला, सभा समारोहमा नजाने । यदि गइयो भनेपनि ह्याण्ड स्यानिटाइजर आफैसँग बोक्ने वा ७० प्रतिशत इथाइल अल्कोहल भएको एन्टिसेप्टिकले हात सफा गरिरहने ।

त्यस्ता ठाउँबाट फर्किएपछि राम्ररी हातखुट्टा, मुख धोएर, कपडा फेरेर मात्रै खानेकुरा खाने वा हातलाई मुख, आँखा, नाकतिर लग्ने । किनभने कहिलेकाहीँ भाइरस हाम्रो कपडामै पनि अड्किएर रहेको हुनसक्छ । यस्तो अवस्थामा कपडाबाट हाम्रो हातमा र हातबाट नाक, आँखा, मुख हुँदै भित्र जाने सम्भावना हुन्छ । तर, छालाबाट पनि कोरोना भाइरस छिर्छ भन्ने भनाइ चाहिँ अफवाह नै हो ।

मास्कको प्रयोगका बारेमा चाहिँ के भन्नुहुन्छ ? हाम्रो बजारमा पाइने मास्क कतिको प्रभावकारी छन् ?

मास्क अनिवार्य हो । फेरि मास्क पनि सामान्य कपडाको मास्क वा बजारतिर बेच्न राखिने साधारण मास्कले भाइरसलाई छेक्दैन । यसले धुवाँधुलोबाट मात्र बचाउने हो । जति बाक्लो मास्क भयो उत्तिकै प्रभावकारी भन्ने गलत अवधारणा छ मानिसहरुमा ।

भाइरसबाट बच्न दुई प्रकारका मास्कको प्रयोग गर्न सकिन्छ । एउटा सर्जिकल मास्क र अर्को, एन९५ रेस्पिरेटर ।

सर्वसाधारणले प्रयोग गर्ने मास्क भनेको सर्जिकल वा मेडिकल मास्क नै हो । यसमा ३ वटा पत्र हुन्छ । बाहिरी पत्र ‘वाटर प्रुफ’ हुन्छ । जसले बाहिरबाट आउने संक्रमित थुक, -याल, सिँगान आदिका छिटाहरुलाई रोक्छ । त्यस्तै, भित्री पत्रसँग सोस्ने क्षमता हुन्छ जसले हाम्रै नाक, मुखबाट निस्किएका तरल पदार्थहरु सोस्छ । र, अन्तिममा बीचको भाग चाहिँ ‘फिल्टर’ हो । यसले हावालाई फिल्टर गरेर मात्रै भित्र/बाहिर पठाउने काम गर्छ ।

एन९५ रेस्पिरेटर चाहिँ प्राय चिकित्सकहरुले प्रयोग गर्छन् ।

मास्कका बारेमा थप जानकारी

सर्जिकल मास्क

सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि फेरिफेरि प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।

यस्ता मास्कले -याल, थुक वा सिँगानजस्ता शरीरबाट निश्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।

यसले :

हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।

ससाना कणहरुबाट बचाउन सक्दैन ।

यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।

एन ९५ रेस्पिरेटर

यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।

हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।

यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।

कोरोना भाइरस के हो ? कसरी संक्रमण हुन्छ ? लक्षणहरु केकस्ता हुन्छन् ?

डाक्टर भन्छन् :

आरएनए र डिएनए २ प्रकारका भाइरस हुन्छन् । कोरोना आरएनए भाइरस हो । कोरोना भाइरस आफैमा ५० प्रकारको हुन्छ । ५ वटा प्रजातिको मासिमा हुन्छ बाँकी जनावर र चराहरुमा ।

तीमध्ये सबैभन्दा पहिला मानिसलाई आक्रमण गरेको भनेको सन् २००३ आएको सार्स, २०१३ मा मार्स, अहिले कोरोना अर्थात् कोभिड १९ ।

कोरोना भाइरस पहिल्यैदेखि मान्छेमा छ, जनावर तथा चराचुरुङ्गीमा छ तर, अहिले तिनै भाइरसबाट ‘म्युटेसन’ भएर नयाँ किसिमको कोरोना भाइरस जन्मिएको हो । सामान्य कोरोना भाइरसभन्दा यो अलि खतरा निस्कियो र यसले मृत्युदर बढायो त्यसैले यस्तो परिस्थिति आएको हो ।

जुन वेला चीनमा पहिल्यैदेखि रहिआएको भन्दा नयाँ किसिमको कोरोना भाइरस देखियो त्यसपछि अनुसन्धानहरु भए । यसमा विभिन्न किसिमका हाइपोथेसिसहरु छन् । शुरुमा चमेरामा देखिएको भाइरस सर्पमा आयो र सर्पबाट मान्छेमा भन्ने कुरा छ । तर, चमेरामै चाहिँ कसरी देखियो त यो भाइरस भन्ने विषयमा फेरि केही हाइपोथेसिसहरु छन् ।

भाइरसहरु म्युटेसन भइरहेका हुन्छन् । हजारौं, लाखौं म्युटेट भएका भाइरसमध्ये कुनै एउटा चाहिँ चमेरामा मात्र सीमित रहेन, चमेराबाट अन्य जनावर र मान्छेमा स-यो । जाडो मौसममा देखिने यस्ता भाइरसहरु श्वासप्रश्वासमार्फत् सर्ने भएकाले यसलाई ‘रेस्पिरेटोरी भाइरस’ पनि भनिन्छ । त्यसैले श्वासप्रश्वासको प्रक्रियासँग सम्बन्धित तरल उत्पादनहरु जस्तै थुक, ¥याल, सिँगान आदिमा सास फेर्दा निस्किने सूक्ष्म कण मिसिएर आउँछ र हामीले कोल्दा, थुक्दा वा खकार्दा, हाँछ्यू गर्दा अरुको शरीरमा प्रवेश गर्छ ।

इन्फ्लुएन्जा भाइरससँग यसको लक्षण मिल्छ । अर्थात् रुघाखोकी, सास फेर्न समस्या, ज्वरो यस्तै यस्तै ।

कोरोनाबाट बच्नु छ भने सबैभन्दा उयुक्त तरिका भनेको संक्रमित मान्छेसँग सम्पर्कमै नरहनु हो । मास्कको अनिवार्य प्रयोग गर्ने । मास्कले हाम्रो नाक र मुखलाई मात्र सुरक्षा दिइरहेको हुन्छ त्यसैले आँखालाई पनि सुरक्षित राख्न चस्मा वा फेस सिल्डको प्रयोग गर्ने । र, हातको सरसफाइको बारेमा त मैले भनिहालेँ ।

तस्वीर : गुगल

कोरोनाको कहर : यस्ता छन भ्रम र यथार्थ !

भयावह बनिरहेको कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमण ५० राष्ट्रमा फैलिसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणले दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ । यस्तै ७९ हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्पष्ट पारेको छ ।

धरैजसो घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ भन्ने जिज्ञास सबैको मनमा उठ्ने गर्छ । कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन । तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ । जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ ।

निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ? भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ । अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ । यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।

त्यस्तै, नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ की सक्दैन ?

  • स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ ।

लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?

  • लसुन एक स्वथवद्र्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन ।

तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?

-तिलको तेलले कोरोना भाइरसलाई मार्दैन। यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच÷क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ। त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ । तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ ।

के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छरु या युवाहरु पनि यसको जोखिममा पर्छ ?

-सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ । वृद्धवृद्धा, दीर्घ रोगी ९ दम, मधुमेह, मुटुजन्य रोग ० लाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ । त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ । यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ ।

कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ ?

-एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन । यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो। हाल देखिएको यो नयाँ कोरोना भाइरस हो । त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन । यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन् । किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ ।

कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध भएको छैन् । हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ । केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ ।

एजेन्सी

     यो पनि पढ्नुहोस् : सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

भक्तपुरमा भित्रियो कोरोना परिक्षण गर्ने अत्याधुनिक मेसिन

नेकपा अध्यक्ष ‘प्रचण्ड’ले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने

एसईई दिन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरमै पु-याइदिने

कोरोना संक्रमणको आशंकामा एक युवकले गरे अस्पतालमा आत्महत्या

दक्षिण अफ्रिकाका क्रिकेटर क्वारेन्टाईनमा

इब्राहिमोविचद्वारा अक्षय कोषको स्थापना, ९१ हजार पाउण्ड दिने घोषणा

कोरोना अपडेट : विश्वभर ८ हजार ९ सय ६७ जनाको मृत्यु, २ लाख १९ हजार संक्रमित

बन्दीपुर अस्पतालमा आइसोलेसन कक्ष

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्दो क्रममा, १५२ पुग्यो

कोरोनाभाइरसका विषयमा मोदीले सम्बोधन गर्ने

कोरोनाका कारण इटालीमा एकैदिन ४ सय ७५ जनाको मृत्यु

कोरोनाबिरुद्ध लड्न स्पेनका मानिसले अपनाए अनौठो तरिका

सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

कोरोनाको डरले ब्राजिलका ४ जेलबाट १५ सय कैदीबन्दी फरार

BREAKING : एसईई परीक्षा स्थगित

कोरोनाले पीडित गर्भवतीबाट बच्चालाई भाइरस नफैलिने शोधकर्ताको दाबी

अब २५ जना भन्दा बढी भेला हुन नपाउने

कोरोनाबाट बच्न सरकारको निर्णय : सिनेमा हल, जिम र डान्स बार बन्द गर्ने !

देशभरका होटललाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

ईरानमा रहेका २५५ भारतीयमा कोरोनाको संक्रमण

कोरोनासँग लड्न भारतीय प्रधानमन्त्री मोदीको अपील : सुझाव दिनुहोस्, २.८० लाख पाउनुहोस्

उच्च सतर्कता अपनाउन नेपालसहित दक्षिण पूर्वी एसियाका देशलाई डब्लुएचओको आग्रह

चीनमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिए

सानो भ-याङबाट १० लाख मास्क बरामद

कोभिड–१९ को सङ्क्रमणबाट बच्न बेलायतमा स्वयंसेवी अभियान

कोरोनाको संक्रमणविरुद्ध लड्न नेपाली सेनाको यस्तो तयारी (तस्वीरसहित)

कोरोनाको असर नेपाली बजारमा : पेट्रोल ‘सर्टेज’ हुने हल्लाले भिड (फोटोफिचर)

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमित विदेशी ६०ः नेपाली सुरक्षित

स्थानीय तहसँग समन्वय गर्न सातै प्रदेशमा ‘फोकल पर्सन’

कोरोनाविरुद्ध नेपाल सरकारको १५ महत्वपूर्ण निर्णय, हेर्नुहोस् पूर्णपाठ

एसईई बाहेक भोलीबाटै सबै विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय

आठ हजार नाघ्यो कोरोनाबाट मर्नेको संख्या : २ लाख बढी मानिस संक्रमित

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

स्थानीय तहसँग समन्वय गर्न सातै प्रदेशमा ‘फोकल पर्सन’

कोरोनाको असर कम गर्न मुकेश अम्बानीले चाले यस्तो कदम

छिमेकी मुलुक भारतमा भयावह बन्दै कोरोना, संक्रमितको संख्या १४७ पुग्यो

अष्ट्रेलियामा नेपाली दूतावसले भन्यो-अत्यावश्यक काम बाहेक नआउनु

युभेन्टसका मिडफिल्डर माटुइडीलाई कोरोनाको संक्रमण

नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण खेल कोरोनाका कारण रद्ध

स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने

कोरोनाको संक्रमण ब्लड ग्रुप ‘ए’लाई धेरै र ‘ओ’लाई कम हुने चिनियाँ शोधकर्ताको दाबी

ईयू आबद्ध देशहरूको सीमा नाका बन्द : संक्रमण घट्ने अनुमान

कोरोना अपडेट : विश्वभर सात हजार ८ सय ८७ जनाको मृत्यु, युरोपमा भयावह हुँदै

कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग

कोरोना महामारी : इटालीमा मृतकको संख्या २५ सय नाघ्यो

आहतमा राहत : चीनले नेपाललाई भन्यो मेडिकल टिम चाहिन्छ ?

कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाउनुपर्छ : नेता सिंह

ट्रम्पले ‘कोभिड-१९’लाई ‘चाइनीज भाइरस’को संज्ञा दिएपछि‘

५ रुपैयाँमा नै आईएमएस ग्रुपको मास्क आइतवारबाट बजारमा आउने

भयावह बन्दै कोरोना, सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दो

चितवनमा ७२ घण्टामै बन्दैछ ७० शैय्याको अस्पाताल

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

७ वर्ष अगाडि यी व्यक्तिले गरेका थिए कोरोना भाइरस आउने भविष्यवाणी

भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो, १२८ जनामा संक्रमण

सिमा नाकामा थप सर्तकता, बनबासा नाकामा साना गाडी रोक

बलिउड अभिनेता दिलिपकुमार क्वारेन्टाइनमा

कोरोना महामारी : पोर्चुगलमा पनि एक नेपालीमा संक्रमण

ताज महल बन्द, यस्तो छ कारण ‘

कोरोनाको आशङ्का गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्टि

कोरोनाविरुद्ध टास्कफोर्स गठन

सामाजिक क्षेत्रमा सचेतना जगाउँदै नुवाकोट जेसिज

ब्राजिलमा सम्पूर्ण फुटबल गतिविधि स्थगित

कोरोनाका कारण स्पेनका २१ बर्षिया फुटबल प्रशिक्षकको मृत्यु

कोरोनाबाट हालसम्म ७ हजार १७१ को मृत्यु, १ लाख ८२ हजार संक्रमित (अपडेट)

कोरोना महामारी : बेलायतकी महारानीले छोडिन् दरबार

होसीयार १ कोरोनाको जानकारी दिने म्याप बन्यो ह्याकरको हतियार, एक क्लिकले डुबाउला

कोरोनाको त्रास : उपत्यकाका ६ अस्पतालमा २२० वटा आईसीयु बेड र १ हजार आइसोलेसन बेड राख्ने निर्णय

कोरोनाको डरले ६ हजार जीवित कुखुरा गाडियो (भिडियोसहित)

कोरोना भाइरस : फ्रान्सका विशेषज्ञको दाबी, यी औषधी खाँदा हुन्छ खतरा

चीनका राष्ट्रपतिलाई लाग्यो विश्वलाई डराउनका लागि कोरोना फैलाएको आरोप

बरामद भएको मास्क अभिलेख राखेर विक्री गर्न निर्देशन

कोरोनाका कारण चीनमा ३ सय सम्बन्ध बिच्छेदका घटना दर्ता

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

चुम्बन,अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

कांग्रेस बैठक स्थगित

चीनमा कोरोनाभाइरसको प्रभाव घट्दै, शाङ्घाईका मुख्य पर्यटकीय स्थानहरु खुला

यात्रामा प्रतिबन्ध लगाएपछि अमेरिकी विमानस्थलमा भिडभाड

कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग

कोरोना संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ जनाको मृत्यु

झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण

जन्मदिनको अवसरमा पोग्बाद्वारा कोरोना संक्रमितलाई अक्षयकोष स्थापना

भारतमा १९ देखि ३१ मार्चसम्म फिल्म,वेब सिरिज तथा टिभी सिरियल शुटिङमा रोक

कोरोनाको कारण व्यवसायी महासङ्घको महाधिवेशन स्थगित

अमेरिकी दूतावासद्वारा डाइभर्सिटी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द

जनकपुर पटना चल्ने गाडी बन्द

कोरोना भाइरस विरुद्धको खोप बनेकै हो ? मानिसमा परीक्षण गरिँदै

कोरोना अपडेट ? विश्वभर ६ हजार ५१८ जनाको गयो ज्यान, कति पुगे संक्रमित ?

कोरोना भाईरसको प्रभाव बास्केटबलमा, अमेरिकी खेलाडी क्रिस्टियनलाई कोरोना संक्रमण

स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना संक्रमण

स्विस फुटबलका अध्यक्ष ब्लाँचलाई कोरोना संक्रमण, स्विजरल्याण्डमा सम्पूर्ण खेलकुद गतिविधि बन्द

खेलक्षेत्रमा कोरोना प्रभाव :दर्जनौँ खेल स्थगित, धेरै खेलाडी क्वारेन्टाईनमा

कोरोना महामारी : दुई हप्ताका लागि कतारले अन्तराष्ट्रिय उडान बन्द गर्ने

कोरोनाबाट मृत्यु भएका बुवालाई छोराले आइसोलसनबाटै हेरिरहे, फेसबुकमा लेखे भावुक स्टाटस

ब्रिटेनमा नवजात शिशुमा देखियो कोरोना भाइरस

कोरोनाको डरले गौमूत्रबाट बनेको ‘ह्यान्ड स्यानेटाइजर’ को माग धेरै

कोभिड–१९ विरुद्ध सार्क सहकार्य : भिडियो कन्फ्रेन्समा कसले के भने ?

बजारमा बिचौलियाको दबदबा : किन जनता जहिल्यैपनि अप्ठेरोमा ?

कोरोना भाइरसविरुद्ध सार्क सहकार्य भिडियो कन्फरेन्समा के भने प्रधानमन्त्री ओलीले ?

कोरोना भाइरस सम्बन्धी अमेरिकाको घोषणा, ६० दिनसम्म देशैभर ‘फ्रि वाईफाई’

कोरोनाभाइरसविरुद्ध धारणा बनाउन सार्क भिडियो कन्फरेन्स शुरु

सरकारको प्रष्टोक्ति : कोरोनाको कुनै सङ्क्रमण छैन, अत्यावश्यक तयारी छ

झापामा एक व्यक्तिमा कोरोना सङ्क्रमणको आशङ्का

नेपाल-भारत मैत्री बस सेवा बन्द

२५ हजार साबुनको प्रयोगबाट १ हजार विद्यार्थीहरुले बनाए हात धोएको एउटा तस्वीर

कोरोना प्रभाव : इटाली र इरानबाट भारतीयको उद्धार

बास्केटबल खेलाडीले कोरोनाको उडाए मजाक, भोलीपल्ट भए आफै संक्रमित

स्पेनमा सङ्कटकाल घोषणा, घरबाहिर निस्किन प्रतिबन्ध

कोरोना महामारी : झापाका पर्यटकीय क्षेत्र सुनसान

कोरोनाको प्रभाव एयरलाइन्समा : कर्मचारीलाई विदा दिने तयारी

कोरोना भाइरसका कारण बेलायतमा मृत्यु हुनेको संख्या २१ पुग्यो, १ हजार १४० मा संक्रमण

विदेशबाट नेपाल आउने आजदेखि १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने

फिओरेन्टिनाका फरवार्ड प्याट्रिकलाई कोरोना संक्रमण

मोरक्कोमा सम्पुर्ण खेल गतिविधि स्थगित

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ४ लाख दिने भारत सरकारको घोषणा

कोरोनाको मारमा क्रिकेट : भारतका सबै घरेलु क्रिकेट प्रतियोगिता स्थगित

कोरोना अपडेट : विश्वभर ५ हजार ८३९ जनाको मृत्यु, कति पुगे संक्रमित ?

कोरोनाविरुद्ध सार्क राष्ट्र : भिडियो कन्फरेन्सबाट छलफल हुने, प्रधानमन्त्री ओली पनि सहभागि हुँदै

कोरोना महामारी : स्पेनका प्रधानमन्त्री सान्चेकी पत्नीमा कोरोना भएको पुष्टि

ट्रम्पको कोरोना भाइरस परीक्षणको रिपोर्ट आयो

देशको सङ्कटलाई कमाउने अवसरका रुपमा लिने ? भन्दै कड्कीए उपभोक्ता अधिकारकर्मी

३ घण्टासम्म हावा र ३ दिनसम्म प्लास्टिकमा बाँच्नसक्छ कोरोना

कोरोना भाइरसको भयावह : डब्ल्यूएचओ भन्छ, महामारीको केन्द्रबिन्दु अब युरोप

क्यानाडाका नागरिकलाई भ्रमण स्थगित गर्न आग्रह

काँकडभिट्टा नाकामा ‘थर्मल गन’को अभाव : ज्वरो देखिएकालाई फर्काइँदै

भयावह कोरोना भाइरसबारे केही महत्वपूर्ण जिज्ञासा र डाक्टरका जवाफ (विवरणसहित)

फ्रान्समा कोरोना संक्रमितको सङ्ख्या ७९ पुग्यो, आइफिल टावर बन्द !

इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो

कोरोनाका कारण भारतमा दुई जनाको मृत्यु, ८२ जनामा संक्रमण

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण

कोरोनाबाट इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु, अहिलेसम्मकै उच्च

आयो क्वारेन्टाइनमा रहेका रोनाल्डोको स्वास्थ्य रिर्पोट, के छ रिर्पोटमा ?

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा

विदेशमा रहेका नेपालीलाई अत्यावश्यक अवस्था बाहेक नेपाल नआउन आग्रह

कोरोनाको कहर : अमेरिकामा अनिश्चितकालीन सङ्कटकाल घोषणा (अपडेटसहित)

कोरोनाभाइरसविरुद्ध जुध्न नेपाल सार्कसँग मिलेर कदम चाल्न तयार छ : प्रधानमन्त्री ओली

फ्रान्सेली विद्यालयहरू अर्को दुई हप्ता बन्द

विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ, अध्यागमनले निकाल्यो यस्तो सूचना !

मोदीको प्रस्ताव : कोरोनासँग लड्न सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्सबाट छलफल गरौं

अष्ट्रेलियाका गृहमन्त्री पिटरलाई कोरोना संक्रमण

‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

भरतपुरमा कोरोना रोकथाम समिति गठन

कोरोनाको कहर : विश्वभर चर्चामा नमस्कार

कोरोना महामारी: सरकारका १९ निर्णय- श्रमस्वीकृत स्थगितदेखि फिल्म हेर्न जान रोक लगाउनेसम्म

कोरोनाको त्रास : अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित

युभेन्ट्सका फरवार्ड डिबलालाई पनि कोरोना संक्रमण

लेस्टर सिटीका तीन खेलाडीमा कोरोनाको लक्षण

कोरोनाको प्रभाव च्याम्पियन्स लिगमा : युभेन्ट्स र लियोनबीचको खेल स्थगित

कोरोनाका कारण सिटी र रियलबीचको खेल स्थगित

चेल्सीका फरवार्ड ओडोइलाई कोरोना संक्रमण,अन्य खेलाडी र स्टाफ क्वारेन्टाइनमा

युरोकप फुटबल स्थगित गर्ने युईएफएको तयारी

आर्सनलका प्रशिक्षकलाई कोरोना संक्रमण, कोरोनाबाट मर्नेहरुको संख्या ५ हजार नजिक

कोरोना आतंकपछि ला लिगाका खेल स्थगित, खेलाडी क्वारेन्टाइनमा

फुटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

युभेन्ट्सका डिफेन्डर रुगानीलाई कोरोनाको संक्रमण

कोरोना महामारी : सरकारका १९ निर्णय-श्रमस्वीकृत स्थगितदेखि फिल्म हेर्न जान रोक लगाउनेसम्म

अमेरिकी सेनाले नै कोरोना लिएर वुहान आएको चिनियाँ अधिकारीको दाबी

कोरोनाभाइरस महामारी : पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

कोरोनाभाइरस महामारी : नमस्कार गरौँ, सङ्क्रमणहुनबाट बचौँ

कोरोनाभाइरस महामारी : क्यानडाका प्रधानमन्त्री जस्टिनकी श्रीमतीमा पनि कोरोना

कोरोनाभाइरस महामारी : भारतमा एक जनाको मृत्यु भएको पुष्टि

कोरोनाबाट बच्न लण्डनमा अपनाइयो अनौठो तरिका !

कोरोनाभाइरस महामारी : सरकारले घोषणा गर्यो नयाँ ‘प्लान’

कोरोनाको कारण उद्योग वाणिज्य महासंघको निर्वाचन अन्यौलमा

कोरोनाभाइरस महामारी : यूएईमा रहेका नेपालीलाई सतर्क रहन आग्रह

नेपालमा कोरोनाभाइरसको आशंकामा ६ जना आइसोलेसनमा, प्रवक्ता भन्छन्-बिरामी लुकाएका छैनौं

कोरोनाको कारण चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

कोरोना भाइरसः ट्रम्पद्वारा ५० अर्ब डलर आर्थिक राहतको घोषणा

कोरोनाभाइरस महामारी : भारतमा ७३ जनामा संक्रमण, हरियाणा महामारी घोषित

कोरोनाबाट हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती संक्रमित

कोरोना भाइरस : भारतमा कठोर ‘यात्रा प्रतिबन्ध’, आफ्नै नागरिकलाई पनि प्रवेशमा रोक

कोरोना भाइरस : अस्पतालबाट मास्क चोरेको आरोपमा ‘फर्मासिस्ट’ पक्राउ

कोरोना भाइरस : बस र मेट्रोट्रेनमा धेरै समयसम्म जिउँदो रहने अध्ययनको दाबी

कोरोनामा नयाँ सफलता : चीनमा पत्ता लाग्यो १५ मिनेटमै नतिजा पत्ता लगाउन सकिने किट

कोरोना भाइरस : अमेरिकामा संक्रमितको संख्या एक हजार पुग्यो

इटालीमा कोरोना नियन्त्रणको लागि चीनले पठायो विज्ञ टोली

कोरोना भाइरसः पूर्वतयारीको लागि विश्व बैंकले नेपाललाई साढे ३ अर्ब दिने

कोरोना भाइरस :बैतडीमा आइसोलेसन कक्ष स्थापना

कोरोना भाइरस अपडेट : अहिलेसम्म ४ हजार २९९ को मृत्यु

कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट बच्न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु

कोरोना भाइरस : उच्चस्तरिय समितिको बैठक

कोरोनाभाइरस प्रकोप : भारतले म्यानमारसँगको सिमाना बन्द गर्यो

कोरोनाबाट क्यानडामा पनि एकको मृत्यु

खाली भयो वुहानको अस्पताल (भिडियोसहित)

वुहान अवलोकनमा निस्किए राष्ट्रपति सी

कोरोना भाइरस : फ्रान्सका संस्कृतिमन्त्रीलाई पनि भेटियो

कोरोना भाइरस अपडेट : मृतकको संख्या ४ हजार नाघ्यो

अष्ट्रेलियामा एक नेपालीमा कोरोना संक्रमण : ४ जना क्वारेन्टाईनमा

कोरोना भाइरस : बंगलादेश र माल्दिभ्स पनि संक्रमण भेटियो

अमेरिकामा कोरोनाबाट २१ को मृत्यु, ८ प्रान्तमा आपत्कालको घोषणा

कोरोना भाइरस अपडेट : मृतकको संख्या ३८ सय नाघ्यो

कोरोना भाइरस : १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

अर्को सूचना नहुँदासम्मका लागि यूरोपको उडान रोकियो

डाक्टरसँग कोरोनाका बिरामीले हेरे अस्ताउँदै गरेको सूर्य, तस्वीरले रुवायो सबैको मन

कार्यक्रममा पुगेका कोरोना संक्रमितसँग राष्ट्रपति ट्रम्पले हात मिलाएको दाबी

कोरोना भाइरस : इटालीमा ह्वात्तै बढ्यो, डेढ करोडलाई क्वारेन्टाइनमा राखिने

क्वारेन्टाईन भत्किँदा ७ जनाको मृत्यु, २८ को अवस्था अज्ञात (अपडेट)

चीनमा कोरोना संक्रमित राखिएको एक होटल भत्कियो, ७० जना पुरिए

कोरोनाको डरले फ्रान्समा चुम्बन गर्न रोक

विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००

‘मोदीजीको नाम देखेर भाग्छ कोरोना भाइरस’ लेखिएको मास्क बाँडेपछि‘

भारतबाट भुटान पुगेका अमेरिकी नागरिकमा भेटियो कोरोना, सिमा नाका बन्द

कोरोना भाइरस अपडेट : ३ हजार ३ सय ८७ जनाको मृत्यु, ९८ हजार बढीमा सङ्क्रमण

कोरोनाका कारण सङ्कटकाल घोषणा, बेथ्लिहम नगरलाई क्वारन्टाईनमा राख्ने

स्पेनमा कोरोनाका बिरामी एआईभीको औषधीले ठिक भएको रिपोर्ट !

युवकले फोनमा भने विहान मात्रै चीनबाट आएको हुँ, तत्काल खाली भयो रेल

कोरोना संक्रमितको उपचारमा खटिएकी चीनकी यी नर्सलाई चाहियो ‘व्वायफ्रेन्ड’

कोरोनाको त्रास : क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोना भाइरस अपडेट : ३ हजार २ सय ८६ जनाको मृत्यु, ९५ हजार बढीमा सङ्क्रमण

कोरोनाको प्रभाव ठमेलमा, सुनसान छ ठमेल बजार (फोटोफिचर )

कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)

कोरोना भाइरसका कारण ईपीएल स्थगित

कोरोनाको त्रासदीकाबीच कालोबजारी गर्नेहरु होसीयार ! तरुण दललाई निर्देशन दिँदै कांग्रेसको यस्तो चेतावनी

राखेपद्वारा सबै खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी

पत्ता लागेकै हो कोरोना भाइरसको खोप ? चीनले गर्‍यो यस्तो दावी !

कोरोना फैलिन नदिन वैज्ञानिकहरुले गरे नयाँ टेक्नोलोजीको आविष्कार

कोरोनाको संक्रमण जटिल भएपछि इटलीले देशभरका विद्यालय बन्द गर्यो

कोरोना भाइरस सङ्क्रमणको डरले ५४ हजार कैदी रिहा

कोरोना प्रभावित देशलाई हुने भयो राहत, विश्व बैंकले छुट्यायो १३ खर्ब रुपैयाँ

कोरोनाबाट सचेत रहन आग्रह

भारतद्वारा औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा, विश्वभर औषधिको अभाव हुने भय

कोरोना सङ्क्रमण फैलिने डरले ५४ हजार बढी कैदीलाई रिहा

कोरोनाको डरले चीनबाट चेन्नई आएको बिरालोलाई स्वदेश पठाउने तयारी

म होलीमा सहभागि हुन्न भन्दै मोदीले गरे यस्तो ट्वीट !

कोरोनाको डरले श्रीमानले श्रीमतीलाई बाथरुममा थुनेपछि‘

कोरोना भाइरसः एक्सनमा भारतीय प्रधानमन्त्री मोदी, देशवासीसँग गरे यस्तो अपिल

जर्मनीका मन्त्री होर्स्ट जीहोफरले मिलाएनन् चान्सलर एन्जेला मर्केलसँग हात, मात्र भने ‘हेल्लो’

कोरोनाको डरले हातको सट्टा खुट्टा मिलाउँदै भिडियो बन्यो भाइरल (भिडियोसहित)

मलाई कोरोना भाइरसको कति खतरा ?

कोरोना सङ्क्रमणबाट बच्न क्यानडाको यस्तो टेक्निक !

अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ

भयावह बन्दै कोरोना : डब्ल्यूएचओले भन्यो, सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक देशसँग छुट्टै तरिका हुनुपर्छ

अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ

कोरोना भाइरस अपडेट : मुकाविला गर्न नेपाल तयार छ ? (हालसम्मको विवरणसहित)

कोरोनाको प्रकोप अपडेट : मृतक ३ हजार ११९ पुगे, ७६ देशमा फैलियो !

कोरोना भाइरसबाट अमेरिकामा थप ४ जनाको मृत्यु

कोरोना प्रभावितको सहजताका लागि इन्टरनेट अस्पताल स्थापना

क्रिस्टियानो रोनाल्डोलाई कोरोनाको त्रास, कारण यस्तो

दुई जनालाई नयाँ दिल्लीमा देखियो कोरोना संक्रमण, २३ हजार भन्दा धेरै निगरानीमा

इन्डोनेसियामा पनि भेटियो कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु

कोरोनाका कारण थाइल्याण्डमा पनि एकको मृत्यु

कोरोनाको असर : अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

कतार र नाइजेरियामा पनि देखियो कोरोना भाइरस

कोरोनाले अष्ट्रेलिया र थाइल्याण्डमा एक-एक जनाको मृत्यु, अष्ट्रेलियामा रहेका नेपालीमा त्रास

कोरोना अपडेटः अहिलेसम्म २,८३५ को मृत्यु

अमेरिकामा पनि कोरोनाको संक्रमण, एक जनाको मृत्यु

इरानमा कोरोना भयावह : भइसक्यो ३४ को मृत्यु

कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर दुई हजार ८७३ को मृत्यु

मंगोलियाका राष्ट्रपति क्‍वारेन्टाइनमा

दक्षिण कोरियामा थप ५७१ जनामा कोरोना सङ्क्रमण, १३ जनाको मृत्यु

जापानमा कोरोनाको त्रास : विद्यालय बन्द भएको दिनमा पनि बाहिर ननिस्कनू

दुबईमा पनि भेटियो कोरोना, ६ जनामा संक्रमण

कोरोनाको कहर : यस्ता छन भ्रम र यथार्थ !

कोरोना भाइरस अपडेट :  ५० देशमा फैलियो सङ्क्रमण, २८ सय ३२ को मृत्यु, के भन्छ डब्ल्यूएचओ ?

कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द

कोरोनाको कहर, आजसम्म कहाँ कति क्षति ?

बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो

स्पेनको होटलमा पनि कोरोनाको सङ्क्रमण, सयौँ मानिसलाई आफ्नै कोठामा बस्न आदेश !

उपस्वास्थ्यमन्त्री पनि कोरोनाबाट सङ्क्रमित

कोरियामा रहेका नेपाली कामदारलाई बाहिर ननिस्किन दूतावासको आग्रह

विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ : डब्लूएचओ

चीनमा कोरोनाको संक्रमण घटे पनि अन्य मुलुकमा बढ्दै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु

युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने

इटालीमा पनि कोरोनाको त्रास : ४ को मृत्यु, १५० बढीमा सङ्क्रमण

कोरोनाबाट विश्वभर २६ सय १९ जनाको मृत्यु, ७९ हजार बढीमा संक्रमण

दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढ्यो, ७ को मृत्यु, ७६३ जनामा सङ्क्रमण

कोरोनाको आतंक लक्षण नै नदेखिएकी महिलाबाट सर्यो संक्रमण, वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरे

कोरोना कोभिड-१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ भन्दै राष्ट्रपति सीले बताए नयाँ सन्दर्भ

कोरोनाका कारण फेरी अर्का चिकित्सकको मृत्यु

वैज्ञानिकहरु कोरोना संक्रमण निको बनाउने औषधीको नजिक, जनावरमा टेस्ट गरिँदै

दक्षिण कोरिया र इरानमा भयावह बन्दै कोरोना भाइरस, इटलीका १२ शहर बन्द

कोरियामा तिव्र रुपमा फैलिँदै कोरोना, सतर्क रहन नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)

छोरी घरबाहिर पढ्न सकोस् भनेर यी महिलाले बनाइन् ‘एन्टी कोरोना भाइरस टेन्ट’

चीनबाट उद्धार गरि क्वारेन्टाईन लगिँदै गरेको गाडीमा आक्रमण

चर्चबाट फैलियो कोरोनाभाइरस, के भन्छन् राष्ट्रपति ?

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरस, ४ सय व्यक्तिमा सङ्क्रमण

कोरोना भाइरस पछि, ह्वाट्स एपमा आयो खतरनाक भाइरस

वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन

नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्

बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै

आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)

चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय

कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु

चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा

चीनबाट ३२३ जना भारतीयको उद्धार

कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे

अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान

कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप

कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’

मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा

कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु

जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

कोरोना नियन्त्रणका लागि रोबर्ट !

सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस

भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने

कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !

कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)

कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा

कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु

कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा

कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही

कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन

चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?

कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’

९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ

कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन

कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या

वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ

कोरोनाको डरले माक्स लगाएरै विवाह !

चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी

कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु

कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १

कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो

कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल

कुन देशमा कति छन् कोरोनाका संक्रमित ?

जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण

१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण

कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’

कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै

कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘

भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो

कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय

कोरोनाका कारण बन्द भयो सर्पको बजार !

कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?