मोदीको प्रस्ताव : कोरोनासँग लड्न सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्सबाट छलफल गरौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रहरुबीच छलफल गर्न प्रस्ताव राखेका छन् । उनले सार्क राष्ट्रहरुबीच साझा रणनिति बनाउनुपर्ने बताए ।

मोदीले आज ट्वीट गर्दै एसियामा विश्वको ठुलो संख्या बस्ने भएकाले यहाँको नागरिकलेलाई स्वस्थ्य राख्न कुनै कसर बाँकी राख्न् नहुने बताए ।

उनले भनेका छन् ‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं । एक भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं।

भारतमा कोरोनको कारण एक जनाको मृत्यु भइसकेको छ । ७५ जनामा संक्रमण देखिएको छ । दक्षिण एसियाली क्षेत्रका ८ मुलुकमध्ये नेपालमा अहिलेसम्म यो भाइरस १ जनामा देखिएको थियो। भाइरस संक्रमित ती व्यक्ति निको भइसकेका छन्।

भुटानमा पनि अमेरिकाबाट आएका एक जनामा कोरोना भाइरस देखिएको छ। पाकिस्तानमा २० जनामा यो भाइरस देखिएको छ। माल्दिभ्समा ८ जना संक्रमित भएका छन् भने श्रीलंकामा दुई जनामा यो भाइरस देखिएको छ। बंगलादेशमा तीन जना कोरोना संक्रमित भेटिएका छन् भने अफगानिस्तानमा सात जनामा संक्रमण देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?