कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या

काठमाडौं । सारा विश्व नै अहिले कोरोना भाइरसको डरमा छ । कोरोनाका संक्रमित र मृतकहरुको संख्या दिन प्रतिदिन बढ्न थालेपछि संसारका सबै मानिसहरु डरको चपेटामा बाँचिरहेका छन् ।

कोरोनाको एउटा यस्तै डरको उदाहरण भारतमा देखिएको छ । कोरोना संक्रमित भएको आशंकामा एक भारतीय नागरिकले आत्महत्या गरेका छन् ।

भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लास्थित थोट्टमबेडु गाउँका बालाकृष्णैयाले कोरोना लागेको भन्दै आत्महत्या गरेका छन् ।

आफ्नो गाउँ तथा परिवारलाई कोरोनाबाट बचाउँनका लागि भन्दै अरुलाई नसरोस् भन्ने मनशायले आत्महत्या गरेका छन् । मृतकको परिवारका अनुसार बालाकृष्णैया ५४ वर्षका थिए ।

उनी रुइया सरकारी अस्पतालमा परिक्षणका लागि गएका थिए । अस्पतालमा परिक्षणका क्रममा उनलाई युरिनिटी ट्र्याक्ट इन्फेक्सन भएको र डाक्टरले उनलाई कोरोना लागेको बताएकापछि उनले आत्महत्या गरेका थिए ।

उनका छोराका अनुसार परिवारले उनलाई धेरै सम्झाएपनि उनले नमानीकन परिवार र गाउँलाई नसरोस् भनेर आत्महत्या गरेको बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?