युरोकप फुटबल स्थगित गर्ने युईएफएको तयारी

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले सन् २०२० को युरोकप फुटबल स्थगित गर्ने तयारी गरेको छ । चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप स्थगित गर्ने तयारी गरेको हो ।

युरोपको विभिन्न शहरमा आयोजना हुने युरोकप आगामी जुन १२ देखि जुलाई १२ सम्म हुनेछ । तर, कोरोनाको कारण युईएफएले प्रतियोगिता एक वर्ष पछि सार्ने तयारी गरेको छ ।

युरोकप र च्याम्पियन्स लिगबारे छलफल गर्न युईएफएले मंगलबार आकस्मिक बैठक बोलाएको छ । ५५ सदस्य राष्ट्रका प्रतिनिधि सम्मलित उक्त बैठकमा युरोकपबारे निर्णय गर्नेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?