कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल !

काठमाडौं । रुसमा एक प्य्राङ्कस्टरलाई कारोनाभाइरको बारेमा लिएर गरेको प्य्राङ्कका कारण महङ्गो साबित भएको छ । युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल(रुसी मुद्रा) जरिवानाको सजाय मिल्न सक्नेछ ।

युवकले रेलमा गरेको प्य्राङ्क सामाजिक सञ्जालमा भाइरल भएको हो । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटबाट सार्वजनिक भएको थियो । तर अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।

भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमवार पक्राउ गरको छ भने भिडियो फिल्माङ्कन गर्न सघाउँने साथीको खोजी गरिरहेको पनि बताएको छ ।

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।

युवकका वकिलले भने उनले मानिसलाई डराउनुभन्दा पनि सावधान गराउन चाहेको बताएका छन् ।

रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?