कोरोना नियन्त्रणका लागि रोबर्ट !

काठमाडौं । कोरोना भाइरसले अहिले चीन सहित सारा विश्व नै त्रसित छ । धेरै जसो देशहरुले आफ्ना नागरिकहरुलाई चीनको यात्रामा ननिस्कन आदेश दिएका छन् ।

हालै चीनले आफ्नो देशमा रहेका कोराना भाइरसबाट संक्रमित मानिसहरुको पत्ता लगाउँनका लागि भन्दै रोबर्टको प्रयोग गर्न थालेको छ ।

स्वास्थ्यकर्मीहरुको पनि मृत्यु भएको हुनाले संक्रमित मानिसहरुको नजिक जाँदा अन्य मानिसहरुमा नसरोस् भन्ने हेतुले ‘५ -जी ल्यास प्याट्रोलिङ्ग’ नामक रोबर्टको प्रयोग गरेको हो ।

यो रोबर्टले पैदल हिड्ने कोहि पनि मानिसको शरिरको तापक्रम जाँच गरेर त्यसको रिपोर्ट प्रहरीलाई पठाउँछ । रोबर्टले बाटोमा हिँड्ने मानिसहरुलाई पैदल हिँडेर एन्ड्रोइड टेक्निकबाट माक्स लगाउँनको लागि सल्लाह पनि दिन्छ ।

चीनले यो रोबोटलाई वुहान,ग्वांगझोउ, शंघाई,झीआन र गुइयांगको एयरपोर्ट,महल तथा सडकमा हिँड्ने मानिसहरुमा कोरोना भाइरस छ कि छैन भन्ने बारेको जानकारी दिनका लागि प्रयोग गरेको हो।

यो रोबर्टले ५ मिटर टाढा हिँडेका मानिसहरुको शरीरको तापक्रम रेकर्ड गर्न सक्दछ । चीनले अहिले सार्वजनिकरुपमा विवाह,सेमिनार जस्ता ठाउँमा जान पनि रोक लगाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?