कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल

काठमाडौं । चीनमा मृत्युको पर्यायवाची शब्द जस्तै बनेको छ कोरोना भाइरस । कोरोना भाइरसका कारण आजसम्म हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ४५ हजार भन्दा धेरैमा कोरोनाको संक्रमित देखिएको छ ।

चीन,नेपाल, भारत, फिलिपिन्स, हंङकङ्ग, जापान अष्ट्रेलिया र अमेरिका लगायत २७ देशहरुमा कोरोनाको संक्रमण देखा परेका छन् ।

त्यसैले विश्वभरिका तमाम देशहरु केरोनाबाट बँच्नका लागि बिभिन्न कोशिष गरिरहेका छन् । चीनबाट भारत घुम्नका लागि गएका एक चीनियाँ नागरिकलाई कोरोनाको डरका कारण भारतको कोरलामा बास बस्नका लागि होटल खोज्दा होटल नै पाएनन् ।

कोरोनाको डर भएको भन्दै होटल मालिकले आफ्नोमा बास बस्न नदिएपछि उनी भारतको तिरुवनन्तपूरम पुलिसकोमा गएका छन् ।

पुलिसले पनि उनलाई अचम्मको व्यवहार देखाएर उक्त चीनका ति नागरिकलाई होटलको सट्टा अस्पतालको वार्डमा भर्ना गराएका छन् ।

पुलिसले भारतको भ्रमणमा आएका २५ वर्षीय ति चीनियाँ नागरिकलाई यस्तो व्यवहार देखाएको थियो । जब ति युवकले बस्नको लागि होटल पाएनन् तब उनले शहरको पुलिस स्टेशनमा उजुरी लिएर गएका थिए ।

त्यसपछि पुलिसले स्वास्थ्य अधिकारीहरुको निर्देशनमा उनलाई अस्पतालमा भर्ना गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?