कोरोना अपडेट : विश्वभर सात हजार ८ सय ८७ जनाको मृत्यु, युरोपमा भयावह हुँदै

काठमाडौं – चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।

उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ । युरोप र अमेरिका निकै आक्रान्त हुँदै गएका छन् । ईटलीमा मृतक संख्या २५ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ७ हजार ९ सय ८७ जनाको मृत्यु भइसकेको छ । एक लाख अन्ठानब्बे हजार ४ सय २२ केसहरु देखिएको छ । यो संक्रमितको संख्या हो । ८२ हजार ७ सय ६२ जनामा संक्रमण भएर उपचारपछि स्वास्थयलाभ गरी घर फर्किएका छन् । यो रोग एक सय ६५ देशमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यो महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनका नागरिक रहेका छन्। चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ। मार्च १७ अर्थात् मंगलबार फिलिपिन्समा ४५ जनामा नयाँ केस देखिएको छ।

स्विजरल्यान्डमा एक जनामा नयाँ केस, दुई जनाको मृत्यु भएको छ।

इन्डोनेसियामा ३८ जनामा, इष्टोनियामा २० जनामा, कुवेतमा ७ जनामा , लक्जमवर्गमा १३ जनामा, अमेरिकामा ८० जनामा नयाँ केस, ७ जनाको मृत्यु भएको छ। जापानमा ४ जनामा नयाँ केस, होन्डुरसमा २ जनामा नयाँ केस, भारतमा एक जनाको मृत्यु, भएको छ। उनी दुवईबाट फर्किएका थिए। पराग्वेमा एक जनामा नयाँ केस, अफगानिस्तानमा पनि एक जनामा नयाँ केस देखिएको छ।
थाइल्याण्डमा ३० जनामा, उज्वेकिस्तानमा २ जना, अष्ट्रेलियामा ५१ जना, बुल्गेरियामा ५ जना, सर्बियामा ८ जना, जर्जियामा १ जना, न्यूजील्याण्डमा ४ जना, बंगलादेशमा २ जनामा, कजाकिस्तानमा १७ जनामा, इजरायलमा ६ जनामा, हंगेरीमा ११ जनामा, जोर्डनमा ४ जनामा, श्रीलंकामा १ जनामा, नयाँ केस देखिएको छ।

यो कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ कि युवावर्गलाई पनि यसको जोखिम हुन्छ भन्ने धेरैको प्रश्न छ ।
चिकित्सक भन्छन्, सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ। तर ज्येष्ठ नागरिक र पहिल्यैदेखि, मधुमेह, मुटुको रोगजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार यस भाइरसबाट बच्न बेला–बेलामा साबुनपानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वासप्रश्वाससम्बन्धी सरसफाइमा विशेष ध्यान दिने गर्नुपर्छ। खोक्दा, हाँछ्यु गर्दा नाकमुख छोप्नु पर्दछ ।

विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?