वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ

काठमाडौं । संसारभरिका मानिसहरुलाई नबोलिकननै हँसाउँने मिस्टर बिन अर्थात् अभिनेता निगेल डिक्सन चीनको वुहानमा फसेका छन् । कोरोना भाइरस फैलिएको वुहानबाट उनी खुसी तथा सुरक्षित रहेको उनले बताएका छन् ।

उनले त्यहाँ मिनी सिरिज पनि शुरु गरेका छन् । मिस्टर विनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामलाईअहिले ब्रिटेन नफर्किने बताएका छन् ।

ब्रिटेन फर्किदा कोरोना भाइरस फैलिन सक्ने भन्दै उनले हालसालै ब्रिटेन नफर्किने बताएका हुन् । कोरोना भाइरसका कारण मंगलवारमात्र चीनमा १०६ जनाको मृत्यु भएको छ भने ४२ हजार ६ सय जना कोरोनाको संक्रमित छन् । एक दिन पहिले मात्रै चीनियाँ अधिकारीहरुले रिहायशी परिसर बन्द गरेका थिए ।

डब्ल्युएचओको टीम महामारी रोक्न सहयोगका लागि चीन गइसकेको छ । संसारका लागि नै खतरा बनेको कोरोना भाइरसको नाम कोभिड १९ नामाकरण गरिएको छ ।

डब्ल्युएचओले मंगलवार चीन पुगेर कोरोनाको नाम कोभिड -१९ राखेको हो । कोरोना भाइरस ३१ डिसेम्बर सन् २०१९ मा चीनमा फेला परेको थियो ।

कोभिडमा सीएबाट कोरोना, भीआईबाट भाइरस र डि बाट डिसजि अर्थात् फैलिने वाला रोग नामाकरण भएको हो ।

चीनले कोरोनाका संक्रमण फैलिने डरले वुहानमा प्रवेश गर्न र निस्किन प्रतिबन्ध लगाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?