कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ ।  फोक्सोमा गम्भीर प्रकारको रोग निम्त्याई भाइरसले २५ जनाको ज्यान लिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ । फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गरेको छ ।

के भन्छन् विज्ञहरू ?
विज्ञहरूले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन भिडभाड युक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउने सुझाव दिएका छन् ।

ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ ।

एजेन्सी

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?