चेल्सीका फरवार्ड ओडोइलाई कोरोना संक्रमण,अन्य खेलाडी र स्टाफ क्वारेन्टाइनमा

काठमाडौं । इङ्लिस क्लब चेल्सीका फरवार्ड कलुम हड्सन ओडोइलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । चेल्सीले एक विज्ञप्ति निकाल्दै हड्सनमा कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।

चेल्सीको पुरुष टिमका खेलाडी कलुम हड्सन ओडोइको कोरोना भाईरसको परिक्षण नतिजा पोजिटिभ देखिएको छ, चेल्सीले भनेको छ ।

कोरोनाबाट संक्रमित हुने उनी प्रिमियर लिगका पहिलो खेलाडी हुन् । चेल्सीले हड्सनमा कोरोना देखिएपछि अन्य खेलाडी र स्टाफलाई क्वारेन्टाइनमा राखेको छ ।

यस्तै आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई समेत कोरोनाको संक्रमण देखिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?