कोरोना प्रभावितको सहजताका लागि इन्टरनेट अस्पताल स्थापना

फेब्रअरी २८ तारिखमा चीनको शाङहाईको एउटा अस्पतालले शाङहाईको पहिलो इन्टरनेट अस्पतालको अनुमतिपत्र प्राप्त गरेको छ।

शाङहाईका नागरिकले एपमार्फत् अनलाइनबाट सल्लाह लिनसक्छन्।

डाक्टरले अपलोड गरिएको सामग्रीबाट बिरामीको विगतको अवस्थाबारे जानकारी पाउन सक्छन्।

डाक्टरले ठोस रुपमा रोगीको अवस्थाबारे सोधपुछ गरेर अनलाइनमा सुझावहरू दिन्छन्।

अस्पतालको औषधी पसलले समेत एकै समयमा डाक्टरको सुझावहरू प्राप्त गर्दछ।

फार्मासिष्टले सुझावहरूको जाँचबुझ गरेर औषधी वितरण गर्छन्।

औषधीको तथ्याङ्क चिनियाँ चिकित्सा ग्रुपको डेलिभरी चौतारोमा समेत पठाइन्छ।

चौतारोले डेलिभरी कर्मचारीलाई अस्पतालमा औषधी ल्याउने सूचना दिन्छ।

सोही दिन नै बिरामीको घरमा समेत पठाइन्छ ।

पहिला अस्पतालमा आएका बिरामीहरुले अनलाइनबाट औषधी प्राप्त गर्न सक्छन्।

यी औषधी दीर्घकालीन् रोगकालागि हो।

इन्टरनेट अस्पतालले हाल कोरोना भाइरसको महामारीको अवस्थामा दीर्घकालीन रोग लागेका बिरामीहरूको स्वास्थ्यमा अझै राम्रो प्रत्याभूति दिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?