आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र चीनको हुवेइस्थित बुहानमा रहेका नेपाली नागरिकको उद्दारका लागि आज वाइडबडी जहाज त्यसतर्फ पठाउँदैछ । शनिबार दिउँसो ३ बजे उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज हुबेइका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौँ आइपुग्ने तालिका बनाइएको छ ।
उहानमा १८० नेपालीले नेपाल फिर्नका लागि भन्दै आवेदन दिएका छन् । उनीहरुलाई भक्तपुरको क्वारेन्टाइनमा राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?