आयो क्वारेन्टाइनमा रहेका रोनाल्डोको स्वास्थ्य रिर्पोट, के छ रिर्पोटमा ?

काठमाडौं । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो हाल पोर्चुगलमा क्वारेन्टाइनमा रहेका छन् । रोनाल्डो आफ्नो परिवारसँग सात तले घरमा बस्दै आएका छन् । रोनाल्डो सम्मिलित टिम युभेन्ट्स क्लबका  खेलाडी डेनियल रुगानीलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

रोनाल्डोमा कोरोना संक्रमणको आशंका गरिएको थियो । तर पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका छन् । यसअघि मार्चमा नै रोनाल्डो मडेरियामा आफ्नो आमालाई भेट्न आएका थिए ।

इटालीमा हुने सबै खेल प्रतियोगिता अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा युभेन्ट्सबिरुद्व लायनको दोस्रो लेगको खेल समेत स्थगित गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?