कोरोनाको त्रासदीकाबीच कालोबजारी गर्नेहरु होसीयार ! तरुण दललाई निर्देशन दिँदै कांग्रेसको यस्तो चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले कालोबजारी गर्नेहरुलाई चेतावनी दिएको छ । बजारमा कोरोनाको नाममा कालोबजारी भए कांग्रेसको भातृ संगठन तरुणदलले सामाग्री जपथ गरेर सरकारलाई बुझाउने चेतावनी दिएको हो ।

तरुण विभाग प्रमुख शंकर भण्डारीले लाजिम्पाटको एक होटलमा पत्रकार सम्मेलन गरी त्यस्तो चेतावनी दिएका हुन् ।

भण्डारीले ‘यो संकटमा खाद्यन्न अभाव हुने आँकलन गरिएको छ। पसलहरुमा कस्तो किसिमको गतिविधि गरिरहेका छन्। त्यसको सुक्ष्म अवलोकन अब कांग्रेसका तरुणले गर्नेछन्। हामी सरकारलाई सूचना दिनेदेखि हस्तक्षेपसम्म गर्न तयार छौ। कालाबजारीका सामान जफत गरी सरकारलाई बुझाउँछौं।’

कोरोना संकटबाट बच्न सरकारले औषधि र खाद्यान्न आपूर्तिमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

‘सरकारले के कस्तो तयारी गरेको छर ? जनताको सुरक्षाको लागि खाद्यन्नको जोहो छ कि छैन ? आपूर्तिको व्यवस्था कस्तो छ’, नेता भण्डारीले भने – यस विषयमा सरकारले तत्काल कदम चालोस्। सरकारले उचित व्यवस्थापन नगरे चरम मुल्यवृद्धि हुने देखिन्छ।

उनले देशभरका तरुणलाई कालाबजारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गरेका छन् । कालोबजारी भए ७७ जिल्लाका साथीहरुले हस्तक्षेप गर्न सक्छन्। जनताको अधिकारका लागि यो आवश्यक छ। वैमानी गरेमा तरुणले सशक्त भूमिका निभाउँछ उनले भने ।

तरुणदलले पार्टीको निर्देशन अनुसार चल्ने र कोरोनाको संक्रमणको विषयम देशैभरी सचेतना फैलाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?