भारतबाट भुटान पुगेका अमेरिकी नागरिकमा भेटियो कोरोना, सिमा नाका बन्द

काठमाडौं । भुटानमा पनि कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । शुक्रबार भारत हुँदै भुटान पुगेका अमेरिकन नागरिकमा कोरोना भेटिएको हो ।

सोमबार भारत हुँदै भुटान पुगेका  ७६ वर्षीय अमेरिकी नागरिकमा संक्रमण पुष्टि भएपछि भुटानले तुरुन्तै सीमा नाका बन्द गरेको छ।

भुटानको प्रधानमन्त्री कार्यालयले कम्तिमा दुई हप्ताका लागि पर्यटकलाई स्वदेश प्रवेशमा रोक लगाउने निर्णय गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

यसैगरी थिम्पु लगायत आसपासका विद्यालयहरू पनि शुक्रबारदेखि दुई साताका लागि बन्द गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?