कोरोनाभाइरस महामारी : यूएईमा रहेका नेपालीलाई सतर्क रहन आग्रह

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९)ले महामारी लिएपछि संयुक्त अरबव इमिरेट्स (यूएई)का नेपालीलाई सतर्क रहन दूतावासले आग्रह गरेको छ ।

यूएईमा दुई नेपालीसहित ७४ जनामा कोरोनाको संक्रमण देखिएपछि सूचना जारी गर्दै नआत्तिएर सतर्कता अबुधाबीस्थित नेपाली दूतावासले भनेको हो ।

दूतावासले कोरोना नियनत्रणमा नआएसम्म अत्यवश्यक बाहेकका ठूला जमघट नगर्न आग्रह गरेको हो । कोरोनाको शंका लागेमा दूतावास, युएइको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य प्राधिकरणलगायत स्वास्थ्यसम्बन्धी सरकारी निकायमा सम्पर्क गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?