कार्यक्रममा पुगेका कोरोना संक्रमितसँग राष्ट्रपति ट्रम्पले हात मिलाएको दाबी

काठमाडौं । एक तर्फ कोरोना भाइरससँग लड्नको लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बिभिन्न तरिका अपनाइरहेका छन् । हप्तादिन देखी उनले हातले आफ्नो मुख समेत छेएका छैनन् ।

तर राजनीतिक कन्जर्भेटिव्सको एक सम्मेलनमा उनले एक कोरोना भाइरस संक्रमित व्यक्तिसँग हात मिलाएका हुन् । सम्मेलनमा भाग लिन आएका उक्त व्यक्तिलाई परिक्षणका क्रममा कोरोना भएको पत्ता लागेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै उपराष्ट्रपति माइक पेन्स पनि कार्यक्रममा उपस्थित थिए अधिकारीहरुका अनुसार कन्जर्भेटिव पोल्टिकल एक्शन कन्फ्रेन्स (सीपीएस) राजनीतिक कन्जर्भेटिभ्समध्ये देशकै सबैभन्दा ठूलो वार्षिक जनसभा हो ।

उक्त सम्मलेनमा हजारौँ जना सहभागी हुने गर्दछन् । कार्यक्रमको आयोजक अमेरिकन कन्जर्भेटिव युनियनले रोग नियन्त्रण एवम् रोकथाम केन्द्रबाट शनिवार एक ट्वीट गरेको थियो ।

जसमा यो भाइरस सम्मलेन भन्दा अगाडि फैलिएको र न्यु जर्सीको एक अस्पतालले उक्त व्यक्तिको परिक्षण गरेको र परिक्षणका क्रममा पोजेटिभ नतिजा पाइएको बताएको हो ।

अहिले कोरोना संक्रमित उक्त व्यक्तिलाई छुट्टै राखिएको छ ।युनियनका चेयरम्यान म्याट स्क्ल्यापले ट्रम्पले कार्यक्रममा संक्रमित व्यक्तिसँग कुराकानी गरेको र अन्तिममा हात पनि मिलाएको बताएका छन् । द वाशिंगटन पोस्टले खबर प्रकाशित गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?