कोरोनाको आतंक लक्षण नै नदेखिएकी महिलाबाट सर्यो संक्रमण, वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरे

रोयटर्स- कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएकी एक महिलाद्वारा पाँच आफन्त संक्रमित बनेका छन् ।

कोरोनाको इपिसेन्टर वुहानबाट ४०० माइल यात्रा गरेर उत्तरी एन्याङ पुगेकी २० वर्षीय ती चिनियाँ महिलामा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । तर, पनि उनीबाट फैलिएको कोरोनाबाट पाँचजना आफन्त संक्रमित बनेका छन् ।

कुनै लक्षण नदेखिएर पनि कोरोनाको संक्रमण फैलिनसक्ने शुक्रबार चिनियाँ वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरेका छन् ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसियसनमा प्रकाशित अध्ययन प्रतिनवेदनमा कोरोना भाइरस कसरी फैलिन्छ र यसलाई नियन्त्रण गर्न किन समस्या भइरहेको छ भन्‍ने विषय उल्लेख गरिएको छ । वैज्ञानिकहरुले सोध्ने गरेका छन् कि यदि तपाईंलाई लक्षण नदेखिएरै संक्रमण भएको हुनसक्छ ?, जवाफ पक्का पनि एस !  हुन्छ,अनुसन्धानमा संलग्‍न नभएका भेन्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरका संक्रामक रोग विशेषज्ञ डा विलियम साफनरले भने ।

अनुसन्धानकर्ताहरुले कुनै पनि लक्षण नदेखिएको व्यक्तिबाट पनि कोरोनाको संक्रमण फैलिएको जनाएका छन् । भाइरसको संक्रमण भएको वुहानबाट संक्रमण नफैलिएको ठाउँमा यात्रा गरेकी ती कोरोनाको लक्षण नै नदेखिएकी महिलाबाट एक परिवारका पाँच जना संक्रमित बनेका छन् । तपाईंसँग फिजियसनको समूह थियो र तुरुन्त सबैको परीक्षण भयो,डा. साफनरले भने ।

जेङ पिपुल्स अस्पतालका डा. मियुन वाङका अनुसार जनवरी १० मा ती महिला वुहानबाट एन्याङ गएकी थिइन् र थुप्रै आफन्तहरुलाई भेटेकी थिइन् । जब उनीहरु बिरामी हुँदै गए, त्यसपछि चिकित्सकले ती महिलालाई अलगै राखेका थिए । सुरुमा ती महिलामा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर, पछिल्लो परीक्षणमा भने उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

उनीसँगै उनका पाँच आफन्तमा पनि कोभिड-१९ भएको फेब्रुअरी ११ मा पुष्टि भएको थियो । तर, ती महिलामा भने अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनको छातीको सीटी गर्दा पनि सामान्य नै छ । उनलाई ज्वरो पनि आएको छैन र स्वासप्रश्वास पनि सामान्य छ । उनको पेटमा पनि कुनै समस्या छैन भने रुघाखोकी पनि लागेको छैन । उनको घाँटीमा पनि कुनै समस्या छैन ।

चीनमा करिब ७५ हजार ५६७ जना कोभिड-१९ बाट संक्रमित भएका छन् भने २२ सय ३९ जनाको मृत्यु भइसकेको छ । यो भाइरस विश्वभरका २६ मुलुकमा फैलिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?