कुन देशमा कति छन् कोरोनाका संक्रमित ?

काठमाडौं । जापानमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक बिहिवार एक महिलाको मृत्यु भएको छ । चीनको हेल्थ कमीशनको रिपोर्टका अनुसार चीनमा कोरोनाबाट मर्नेको संख्या १३६५ पुगेको छ भने संक्रमितको संख्या ६० हजार भन्दा धेरै रहेको छ ।

कोरोनाको संक्रमणले अत्याधिक मानिसहरुको मृत्यु भएपछि चीन पुगेको डब्ल्युएचओको टोलीले कोरोनाको आधिकारिक नाम कोभिड १९ राखेको छ ।

चीनको हेल्थ कमिसनले भने ८ फेब्रुअरीमा कोरोनाको नाम परिवर्तन गरेर नोवेल कोरोना भाइरस निमोनिया (एनसीपि) राखेको थियो ।

कुन देशमा कति छन् कोरोनाका संक्रमित ?

1. सिंगापुर -५०

2. हङकङ्ग -५०

3. थाइल्याण्ड -३३

4. दक्षिण कोरिया- २८

5. जापान -२८

6. मलेशिया -१८

7. ताइवान- १८

8. जर्मनी -१६

9. भियतनाम -१६

10. अष्ट्रेलिया -१५

11. अमेरिका -१४

12. फ्रान्स -११

13. मकाइ- १०

14. ब्रिटेन- ९

15. युएई- ८

16. क्यानडा -७

17. इटली -३

18. फिलिपिन्स -३

19. भारत- ५

20. रुस -२

21. स्पेन -२

र अहिले सम्म नेपाल,कम्बोडिया,बेल्जियम,फिनल्याण्ड,स्वीडेन र श्रीलंकामा १/१ जना संक्रमित पाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?