जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण

काठमाडौं । जपानको समुन्द्री तटमा रहेको क्रुज जहाज डायमन्ड प्रिन्सेसमा रहेका चालक दलका दुई भारतीय सदस्य परिक्षणका क्रममा कोरोना भाइरसको संक्रमित रहेको फेला परेको छ ।

जापान स्थित भारतयि दुतावासले बुधवार यसबारेमा जानकारी दिएको थियो । जहाजमा रहेका ३ हजार ७ सय ११ जना यात्रीहरुमध्ये १७४ जनालाई कोरोको संक्रमण रहेको जापानी अधिकारीहरुले बताएका छन् ।

चीनबाट जापान सरकारले आफ्ना नागरिकहरुलाई स्वदेश लिएर जाने क्रममा हङकङ्गमा झर्ने एक व्यक्तिले आफूलाई कोरोना भएको बताएपछि त्यहिँ जहाज रोकेर परिक्षण गरिएको थियो ।

जहाजमा १३८७ जना भारतीय रहेको बताइएको छ । संक्रमणको आशंका पछि जापानी अधिकारीहरुले १९ फ्रेबुअरी सन् २०२० मा फरक ठाउँमै राखेर परिक्षण शुरु गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?