अमेरिकामा कोरोनाबाट २१ को मृत्यु, ८ प्रान्तमा आपत्कालको घोषणा

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । त्यस्तै कोरोनाका कारण अमेरिकामा संक्रमितको संख्या ५४५ पुगेको छ ।

जोन होपकिन्स विज्ञान एवम प्रौद्योगिकी केन्द्र (सीएसएसई)ले उक्त बारेमा जानकारी दिएको हो । अमेरिकाको वाशिंगटनस्थित काउण्टीमा सर्वाधिक १७ जनाको मृत्यु भएको छ भने स्नोहोमिश काउण्टीमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने फ्लोरिडामा २ र क्यालिफोर्नियामा १ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्युयोर्क, वाशिंगटन, क्यालिफोर्निया र फ्लोरिडासमेत ८ प्रान्तमा कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै आपत्कालको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?