नेपालमा कोरोनाभाइरसको आशंकामा ६ जना आइसोलेसनमा, प्रवक्ता भन्छन्-बिरामी लुकाएका छैनौं

काठमाडौं । कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।

प्रवत्ता भन्छन् ‘हामीले कोराना बिरामी लुकाएका छैनौं। यो भाइरस लुकाउन मिल्दैन । अहिलेसम्म ४५० जनामा परीक्षण भएको छ। ६ जना आइसोलेसनमा भर्ना भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?