चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

काठमाडौं । चीनमा कोरोना भाइरस फैलिएपछि गत बिहीबार चीनले १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि बनाइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार गर्‍यो । चीनले अस्पताल मंगलबारदेखि सञ्‍चालनमा ल्याएको छ ।

चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शैयाको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको हो । एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको डेलिमेलले जनाएको छ ।

वुहान प्रान्तमा बनेको डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर मंगलबारदेखि सञ्‍चालनमा आएको हो । वुहान प्रान्तका अधिकारीहरुले उक्त अस्पताल निर्माणमा संलग्‍न सबैलाई तोकिएको समयअगावै काम सम्प‍न्‍न गरेकोमा धन्यवाद दिएका छन् ।

स्थानीय समय अनुसार राति १०:३० बजेदेखि बिरामीहरुको उपचार थालिएको हो । उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले काम गरेका थिए । चीनमा कोरोना भाइरसका कारण १३२ जनाको ज्यान गइसकेको छ भने ६ हजारभन्दा बढी संक्रमित छन् ।

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ ः गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ? 

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?