कोरोनाबाट बच्न लण्डनमा अपनाइयो अनौठो तरिका !

काठमाडौं । ब्रिटेनमा कोरोनाको त्रास कस्तो छ भन्ने बारे सामाजिक सञ्जालमा देखिएका फोटोहरुबाट सहजै अनुमान लगाउन सकिन्छ ।

मानिसहरु कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि ट्रेन, बजार, महल, सार्वजनिक बसमा मास्क लगाएर र बिभिन्न सतर्कता अपनाएर हिँड्ने गरेका छन् ।

केहि ठाउँहरुमा त मानिसहरु मास्कका साथसाथै स्टोरेज बक्स लगाएर घुमिरहेको पनि देखिएको छ । ब्रिटिश सरकारमा कोरोनाको महामारीका डरले चेतावनी जारी गरिएको छ ।

सोसल मिडियामा मास्क बनाएर बक्स लगाएका मानिसहरुका फोटोहरु भाइरल बनिरहेका छन् । ब्रिटेनको मेट्रो स्टेशनमा एक यात्रीले ह्यावी ड्युटी ग्यास मास्क लगाएर घुमिरहेको फोटो अत्याधिक भाइरल बनिरहेको हो ।

लण्डनमा कोरोनाबाटछ बच्न केहिले ग्लवस पनि लगाएको देखिएको छ । इंग्ल्याण्डको स्वास्थ्य विभागले मास्कको प्रयोगबाट मात्रै कोरोनाको संक्रमण रोक्न नसकिने बताएको छ ।

लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिलका प्रोफेसर ब्र्याण्डन वर्रेनले सर्जिकल मास्क भाइरस रोक्नका लागि काफी नहुने बताएका छन् ।

चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म ३१ सय भन्दा धेरैको मृत्यु भईसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?