वुहान अवलोकनमा निस्किए राष्ट्रपति सी

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) उद्गम स्थल चीनको वुहानमा राष्ट्रपति सी चिनफिङले अवलोकन निस्किएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे जानकारी लिने कार्याक्रम छ । साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयसँग भेट गर्नेछन् ।

सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या केवल १९ थियो । १९ संक्रमणमध्ये १७ जना वुहानका छन् । चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले सी वुहानको भ्रमणमा निस्केका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?