छोरी घरबाहिर पढ्न सकोस् भनेर यी महिलाले बनाइन् ‘एन्टी कोरोना भाइरस टेन्ट’

काठमाडौं । चीनमा कोरोना भाइरसका कारण धेरै मानिसहरुलाई बिभिन्न समस्यासँग जुध्नु परेको छ । चीनमा स्कुल, कलेज र ट्रान्सपोर्ट सबै बन्द छन् ।

मानिसहरु घरमै कैदीका जसरी बसिरहेका छन् भने घरबाटै अफिसको काम गरिरहेका छन् । यस्तै घटना चीनको हुबेई प्रान्तको सुदूर गाउँमा देखिएको छ ।

त्यहाँ एक महिलाले आफ्नी छोरीलाई अनलाइन क्लासेसका लागि घर बाहिर एन्टी कोरोना भाइरस टेन्ट बनाएकी छिन् । उनको घरभित्र नेटवर्क राम्रोसँग नटिप्ने भएकोले उनले घर बाहिरै अस्थाई क्लास रुम बनाएकी हुन् ।

उनकी छोरी बि मिनेगी रोज अबदेखि प्रत्येक विहान त्यहाँ बसेर बिना रोकतोक अनलाइन क्लास ज्वाइन गर्न सक्दछिन् ।
कोरोनाभाइरसबाट बँच्नका लागि मानिसहरु बिभिन्न किसिमका तरिकाहरु अपनाइरहेका छन् ।

सिन्चुआ प्रान्तको लुहोजुमा एक महिला भाइरस बाट बँच्नको लागि एक ठूलो जिराफ कस्ट्युम लगाएर घुमिरहेकी छन् । केहि दिन यता अस्पतालमा एक महिला जिराफ कस्ट्युम लगाएर पुगेकी थिइन् ।

त्यहाँ पुगेको बेलाको भिडियो कसैले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि भिडियो भाइरल बनेको थियो ।

कोरोनाभाइरसका कारण अहिलेसम्म चीनमा २३३६ जनाको मृत्यु भईसकेका छ भने ७५ हजार ४ सय जना कोरोनोका संत्र,मित रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?