कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’

काठमाडौं । कोरोना भाइरस संक्रमित एक महिलाले कोरोनाबाट सुरक्षित नवजात शिशुलाई जन्म दिएकी छन् । गएको हप्ता जन्मिएको ३० घण्टापछि एक बच्चालाई कोरोनाको संक्रमण देखिएको थियो ।

तर चीनको झोजियांगमा कोरोना भाइरसबाट संक्रमित एक महिलाले सुरक्षित शिशुलाई जन्म दिएकी हुन् । सुरक्षित महिलालाई जन्म दिएपछि अहिले सामाजिक सञ्जालमा खुसी छाएको छ ।

मानिसहरुले बच्चालाई भाग्यमानी बच्चा भनेर बोलाईरहेका छन् । चीनको सरकारी मिडिया आउटलेट सिन्हुआले यसबारेमा एउटा भिडियो क्लिप ट्विटरमा शेयर गरेको थियो ।

मिडियाले ट्विटरमा ‘लक्की बेबी’ भनेर उक्त शिशुलाई बोलाएको छ ।

एजेन्सीको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?