बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै

काठमाडौं । कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा रहेका नेपाली स्वदेश फर्किन लागेका छन् । उनीहरु आइतबार बिहान नेपाल आइपुग्ने भएका छन् । उनीहरुलाई उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज बुहान पुगिसकेको छ ।

चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् ।

चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेका छन् ।
शयान, यिथाङ, चीङचउ, चीङमन, वनसीलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा पुगेका हुन्। विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट पुगेको बताइएको छ । विभिन्न चरणको परीक्षणमा १८५ जना नेपाली कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको समाचारमा जनाइएको छ ।

उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?