कोरोना भाइरस : फ्रान्सका संस्कृतिमन्त्रीलाई पनि भेटियो

काठमाडौं । फ्रान्समा एक मन्त्रीलाई कोरोना भाइरस भेटिएको पुष्टि भएको । फ्रान्सको संस्कृतिमन्त्री फ्र्यान्क रियस्टरलाई नोभेल कोरोना भाइरस भएको पुष्टि भएको हो ।

फ्रान्सको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस भएको पुष्टि गरेको हो ।

उनको स्वास्थ्य अवस्था भने ठिक रहेको मन्त्रालयले जनाएको छ । उनी गत साता राष्ट्रिय सभामा सहभागी भएका थिए । जहाँ कोरोना संक्रमण भएका पाँच साँसदसमेत उपस्थित भएका थिए ।

फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ भने एक हजार ४१२ जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?