चर्चबाट फैलियो कोरोनाभाइरस, के भन्छन् राष्ट्रपति ?

काठमाडौं । दक्षिण कोरियाले कोरोना भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ ।

शुक्रबार १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोरोनासँगको लडाइँ गम्भीर मोडमा पुगेको बताएका छन् ।

उनले भाइरसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन् । शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोरोना भाइरस देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ ।

सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ । थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोरोना देखिएको छ । कोरियाभरि शाखा भएको सिन्चेन्जी चर्चको थेगु शाखामा जानेलाई कोरोना देखिएको छ ।

कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन् । उक्त चर्चमा भाइरस कसरी आइपुग्यो भन्ने खुल्न सकेको छैन।

राजधानी सउलमा पनि मुख्य प्रदर्शनस्थलहरूमा भेला हुन रोक लगाइएको छ। पार्कहरू बन्द गरिएका छन् । प्रोटेक्टिभ मास्क लगाएका कर्मचारीहरूले सबवे स्टेशनमा औषधी छर्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?