कोरोनाको कारण उद्योग वाणिज्य महासंघको निर्वाचन अन्यौलमा

काठमाडौं । छिमेकी राष्ट्र चीनबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्योलमा परेको छ । नयाँ नेतृत्व चयनका लागि महासंघको आगामी निर्वाचन चैत २८ र २९ गते कामठमाडौंमा गरिने भन्ने मिति तय भएको थियो ।

तर जिल्ला प्रशासन कार्यालयले गत फागुन २२ गते भिडभाडमा नजान तथा सभा सम्मेलन नगर्नका लागि आग्रह गर्दै एक विज्ञप्ती सार्वजनिक गरेको छ । त्यसै अनुसार महासंघको आगामी निर्वाचन हुन्छ वा हुन्न भन्ने कुरामा धारणा बन्न सकेको छैन् ।

त्यसबाट उम्मेद्वारी समेत घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्षहरुले भने निर्वाचन रोक्न नहुने उनीहरुको तर्क रहेको छ । आगामी निर्वाचनको लागि खर्च समेत भइसकेकाले उनीहरुले निर्वाचन रोक्न नहुने उनीहरुको तर्क रहेको छ ।

हाल चन्द्र ढकाल तथा किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । भने अध्यक्षमा हालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुने भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष रहने कानुनी प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?