९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ

काठमाडौं । कोरोना भाइरसको कारण अहिलेसम्म हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ४२ हजार भन्दा धेरै संक्रमित रहेका छन् । यो भाइरस यति धेरै खतरनाक छ कि लागेको ९ दिनसम्म जीवत रहन्छ ।

तर सामान्य फ्लु मात्र दुई दिनसम्म मात्र नै जीवित रहन्छ । त्यसैले सार्वजनिक ठाउँमा जाँदा ह्याण्डिल वा ढोकामा हात राख्दा सावधानी अपनाउनु पर्छ ।

जर्मनीको रुह्र विश्वविद्यालय तथा युसिनभर्सिटी अफ ग्रीफ्सवाल्डको एक्सपोर्टका अनुसार कोरोना भाइरस सम्बन्धी गरिएको २२ अध्ययनबाट महत्वपूर्ण जानकारी फेला परेको छ ।

कोरोना भाइरस ग्लास, प्लाष्टिक,लौरो तथा धातुबाट बनेको बस्तुमा धेरै समयसम्म जीवित रहन सक्ने पत्ता लागेको हो । भाइरस कुनै पनि वस्तुमा ४ डिग्री वा त्यो भन्दा कम तापक्रममा एक महिनासम्म सर्वाइव रहन सक्छ ।

त्यसैले कोरोनाबाट धेरै जना प्रभावित हुने गर्दछन् । कोरोना भाइरसलाई नष्ट गर्नको लागि अल्कोहल तथा ब्लीच वरदान साबित हुन सक्ने अध्ययनको निस्कर्ष छ ।

अनुसन्धान कर्ताहरुका अनुसार अल्कोहलले एक मिनेटमै कोरोना भाइरसलाई मार्छ । साथै ब्लीचले कोरोना भाइरसलाई नष्ट गर्न जम्मा ३० सेकेण्ड लगाउँछ ।

आम फ्लु भन्दा कोरोना ४ गुणा धेरै समयसम्म कुनै पनि सतहमा जिउँदो रहन सक्छ । त्यसैले सार्वजनिक स्थानमा जाँदा आफ्नो हात धुनु पर्ने अध्ययनको ठहर छ ।

साथै सार्वजनिक ठाउँमा जाँदा मास्क लगाएर हिँड्नु पर्ने पनि अध्ययन कर्ताले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?