ट्रम्पको कोरोना भाइरस परीक्षणको रिपोर्ट आयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको एएफपीले जनाएको छ ।

हिजो साँझ प्राप्त रिपोर्ट नेगेटिभ देखिएको पुष्टि भएको हो ट्रम्पका चिकित्सक सेन कोन्लीलाई उदृद गर्दै एएफपीले लेखेको छ ।

एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ उपस्थित केहीमा कोभिड–१९ भाइसर संक्रमण देखिएको थियो । उनी ती प्रतिनिधि मण्डलसँगै रात्री भोजमा समेत सहभागी भएका थिए ।

७३ वर्षीय ट्रम्पलाई पनि भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको हो । एएफपीका अनुसार कोभिड–१९ भाइसरका कारण हालसम्म अमेरिकामा ५१ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?