युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने

काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना नापोलीसँग भिड्न् सोमबार इटली जाँदैछ ।

इटालीमा कोरोना भाइरसको त्रासका कारण इटली प्रवेश गर्नुपूर्व सम्पूर्ण खेलाडीहरुको स्वास्थ्य परीक्षण गरिने भएको छ । चीनबाट फैलिएको कोरोना भाइरस इटालीसम्म पुगिसकेकाले इटालीको सुरक्षा व्यस्थामा कडाइ गरिएको छ ।

इटलीका स्वास्थ्य मन्त्रालयले बार्सिलोनाका खेलाडीहरुको पनि स्वास्थ्य परीक्षण गर्नका लागि सुझाव दिएको बताइएको छ । इटली प्रवेश गर्नुअघि बार्सिलोनाका सम्पूर्ण टिमको तापक्रम परीक्षण गरिने भएको छ ।

तर इटलीमा बार्सिलोनाका खेलाडीहरुलाई कुनै खतरा भने नरहेको बताइएको छ । कोरोनकै कारण बार्सिलोनाका खेलाडीहरु खेल सकिएलगत्तै बार्सिलोना फर्कने भएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?