कोरोना आतंकपछि ला लिगाका खेल स्थगित, खेलाडी क्वारेन्टाइनमा

कोरोना भाइरसका कारण स्पेनिस ला लिगा फुटबलका खेलहरु स्थगित भएका छन् । स्पेनिस फुटबल संघले कोरोनाको सन्त्रासका कारण ला लिगाका दुई चरणको खेल तत्कालका लागि स्थगित गरिएको जनाएको छ । ला लिगाको खेल स्थगित भएसँगै रियल म्याड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा पठाइएको छ ।
रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल अन्तर्गत रियल र इङ्लिस क्लब म्यानचेस्टर सिटीबीच मंगलबार हुने दोस्रो लेग समेत रोकिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?