कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै

काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमितहरुले आफूलाई फिट र शक्तिशाली राख्नको लागि बिभिन्न तरिकाहरु अपनाइरहेका छन् ।

अस्पतालमा फरक फरक युनिट्मा विभाजित ग्रुपहरुले फिट तथा पोजेटिभ रहनको लागि डान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

यो भिडियो चीनको कई अस्पतालको हो । भिडियोमा एउटा क्लिपमा डाक्टर तथा बिरामीहरु चीनको पारम्परिक उइगुर नृत्य सिकाउँदै आफू पनि गर्दै गरेको देख्न सकिन्छ ।

कोरोनाभाइरस फैलिएपछि सार्वजनिक ठाउँमा पार्टी,समारोह र हुलमा एकै ठाउँमा नबस्नको लागि ्रतिबन्ध लगाइएको छ ।

एकै ठाउँमा बस्न प्रतिबन्ध लागेपछि मानिसहरुले अस्पताल भित्रै आफूलाई फिट राख्नको लागि डान्स गर्न शुरु गरेका हुन् । अस्पतालले पनि रोगी तथा डाक्टरहरुलाई फिट बन्नको लागि सकेजति प्रयास र सहयोग गरिरहेको छ ।

वुहानमा डाक्टर तथा बिरामीहरु एक अर्कामा मिलेर कोरोना नसरोस् भन्ने हेतुले कपाल छोटो बनाउँन थालेका छन् । चीनको हेल्थ कमिसन रिपोर्टका अनुसार १४ सय जनाको मृत्यु भईसकेको छ भने ६५ हजार जनाका कोरोना संक्रमण देखिएको छ ।

 

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?