कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि…

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसबाट सारा विश्वमा ६५ हजार मानिसहरु संक्रमित छन् । उत्तर कोरियामा कोरोना भाइरस संक्रमित एक व्यक्तिलाई सार्वजनिक रुपमा गोली हानेर मारिएको छ ।

चीनबाट उत्तर कोरिया गएका एक ट्रेड अधिकारी सरकारले रोक्दा रोक्दै पनि एक सार्वजनिक स्नान स्थलमा गएका थिए । त्यो खबर सरकारी अधिकारीहरुले थाहा पाएपछि नियम उल्लंघन गरेको भन्दै गोली हानेर मारिएको हो ।

उत्तर कोरियाली नेता किम जोंग उनले चीनबाट उत्तर कोरिया जाने सबै मानिसहरुलाई एक निगरानी केन्द्र बनाएर त्यहि राख्ने आदेश दिएका छन् ।

नियम उल्लंघन गरेको भन्दै उत्तर कोरियाई सरकारले ति व्यक्तिलाई गोली हानेर मारेको भारतीय पत्रिका वेवदुनियाँले खबर प्रकाशित गरेको छ ।

उत्तर कोरियाले चीनबाट उत्तर कोरिया जाने विमान तथा ट्रेनलाई जान प्रतिबन्ध लगाएको छ । साथै त्यहाँ जाने प्रत्येक विदेशीहरुलाई एक हप्तासम्म आइसोलेशन वार्डमा बस्नु पर्दछ ।

सञ्चारमाध्यामका अनुसार कोरोना भाइरसबाट आजसम्म १६सय भन्दा धेरैको ज्यान गईसकेको छ ।

यो पनि पढ्नुहोस् : ९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

यो पनि पढ्नुहोस् :  कोरोना भाइरसका कारण ज्यान गुमाएकाको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

यो पनि पढ्नुहोस् : सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

एजेन्सी

यो पनि पढ्नुहोस : ९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

 चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयोः स्थानीयवासीको विरोध 

वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन

चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)

सरकारको लापरवाहीको पराकाष्ठा : खुरुखुरु नेपाल छिर्छन् चिनियाँहरु, २ महिनामा २७ देशमा फैलियो कोरोनाको महामारी

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?