इटालीमा कोरोना नियन्त्रणको लागि चीनले पठायो विज्ञ टोली

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एक विषेशज्ञ टोली इटाली पठाएको छ । चीनबाट फैलिएको उक्त महामारीका कारण हालसम्म विश्वमा ४३ सय जनाको मृत्यु भइसकेको छ । जसमध्ये चीन पछि इटालीमा ६ सय ३१ जनाको मृत्यु भइसकेको छ । भने १० हजार भन्दा बढि मानिसहरु संक्रमित भएको तथ्यांकले देखाएको छ ।

चीनले उक्त महामारीमा सहयोग पुर्याउनको लागि विज्ञ टोली इटाली पठाएको हो । चीनले रेडक्रस सोसाइटी चीनका उपाध्यक्ष तथा चिनियाँ नियन्त्रण तथा रोकथाम केन्द्रका एक विशेषज्ञ टोली इटाली गएको जनाइएको छ । साथै चीनको सिचुआन प्रान्तका अन्य ५ विशेषज्ञहरु समेत उक्त विज्ञ टोलीमा रहेका छन् ।

इटालीमा दिनानुदिन कोरोनाको कारण मर्नेको संख्या बढ्दो रहेको छ । यसैक्रममा मंगलवार मात्र १ सय ६८ जनाको मृत्यु भइसकेको छ । भने अहिलेसम्म १४ सय जना संक्रमणबाट निको भइसकेका छन् । कोरोनाका कारण त्यहाँका सार्वजनिक यातायात, विद्यालय, सिनेमाघर, व्यायमशाला लगायत होटल रेष्टुरेन्टसमेत बन्द रहेको त्यँहाका अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?