युभेन्ट्सका डिफेन्डर रुगानीलाई कोरोनाको संक्रमण

काठमाडौं । ईटालीका सेन्टर ब्याक डेनियल रुगानीमा कोरोना भाईरसको संक्रमण भेटिएको छ ।

युभेन्ट्सले परिक्षणको क्रममा उनमा कोरोनाको पोजेटिभ संकेत फेला परेको भन्दै क्लबले उनी कोरोना भाईरसबाट संक्रमित भएको बताएको हो ।

सिरि ए क्लबले कानून अनुसार उपचारको सबै प्रक्रिया शुरु गरिएको पनि जानकारी दिएको छ । साथै रुगानीसंग सम्पर्कमा रहेको सबै व्यक्तिलाई बिशेष निगरानीमा राखिएको पनि बताईएको छ ।

२५ बर्षिया रुगानीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको क्लबले जानकारी दिएको छ ।

कोरोनाकै कारण ईटालीमा अप्रिल ३ सम्म सबै खेल गतिविधि बन्द गरिएको छ ।

रुगानीले यस सिजन युभेन्ट्सबाट ७ खेल खेलेका थिए । बन्द रंगशालामा खेलिएको पछिल्लो खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । सो खेल युभेन्ट्सले २–० ले जितेको थियो ।

क्लबले भाईरसबाट सावधानीका लागि अपनाउनुपर्ने सबै प्रक्रिया अघि बढाएको समेत जानकारी दिएको छ ।

रुगानीले युभेन्ट्सबाट चार सिरि एको उपाधि जितेका छन् । उनले ईटालीबाट ७ पटक खेलेका छन् ।

आईतबार उनले ड्रेसिङ रुममा ईन्टरबिरुद्धको खेलको जितमा खेलाडीले खुसी मनाएको फोटो पोस्ट गरेका थिए ।

बुधवार मात्र ईटालीको सरकारले फैलदो संक्रमणलाई ध्यानमा राखेर सबै खेलकुद गतिविधि स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?