क्वारेन्टाईन भत्किँदा ७ जनाको मृत्यु, २८ को अवस्था अज्ञात (अपडेट)

काठमाडौं । चीनको ग्वान्जाउ शहरको एक क्वारेन्टाईन केन्द्र भत्किँदा ७ जनाको मृत्यु भएको छ । क्वारेन्टाईनमा च्यापिएका ७० जना मध्ये ४० जनाको जिवितै उद्वार गरिएको विदेशी समाचार माध्यमहरूले जनाएका छन् ।

दक्षिणपूर्वी चीनको ग्वान्जाउ शहरको शिन्जयामा शनिबार साँझ साढे ७ बजे कोरोना क्वारेन्टाइन केन्द्र भत्किएको हो ।

पॉच तल्ले क्वारेन्टाइन केन्द्र होटल भत्किँदा च्यापिएकहरूको उद्वार कार्य जारी रहेको बताइएको छ । उद्धारका लागि १ सय ४७ जना उद्धारकर्ता परिचालन गरिएको छ ।

उद्धारकर्ताहरुले चार घण्टाको अवधीमा अबेर रातीसम्म ४० जनाको जिवितै उद्धार गरेको चीन सरकारले जनाएको छ ।भग्नावशेषमा अझै २८ जना पुरिएको हुन सक्ने जनाइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?