कोरोना भाइरस पछि, ह्वाट्स एपमा आयो खतरनाक भाइरस

काठमाडौं । कोरोनाका कारण सारा संसार अहिले त्रसित छ । त्यस्तै प्रकारले ह्वाट्स एपमा पनि खतरनाक भाइरस आएको छ ।

उक्त भाइरसको सहायताले ह्याकर्सले तपाईको पर्सनल डाटा सजिलै चोर्न सक्दछ । साइवर एक्सपर्टले युजर्सलाई सावधान रहनको लागि चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ह्वाट्स एपमा आएको गड्बडीका कारण ह्याकर्सले युजर्सको डाटाहरु सहजै चोरी रहेको हो ।

त्यसैले साइवर एक्सपर्टले युजर्सलाई सावधान रहनको लागि सचेत गराइरहेको हो । उक्त चोरी भईरहेको कुरा पेरिमेट्रेक्सका साइवर एक्सपर्ट ग्याल वेजम्यानले पत्ता लगाएका छन् ।

वेजम्यानले ह्याकर्स एक विशेष बग भाइरसको माध्यामबाट ह्वाट्स एपको डेस्कटप भर्जन युज गर्नेवाला युजर्सलाई आफ्नो शिकार बनाईरहेको छ ।

उनका अनुसार बग विन्डोजका साथै एमएसी अपरेटिंग सिस्टम पनि ह्याकरले याट्याक गरिरहेको छ । ह्वाट्स एप प्रयोग गर्नेहरुमध्ये आईफोन युज गर्नेलाई सबैभन्दा खतरा रहेको उनले बताएका छन् ।

ह्वाट्सएपले एक बयान जारी गर्दै हामी हाम्रा प्रयोगकर्ताहरुलाई खतरनाक ह्याकर अट्याकबाट बचाउनको लागि लगातार सेक्योरेटी रिसर्चर्सको सम्पर्कमा रहने बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?