क्रिस्टियानो रोनाल्डोलाई कोरोनाको त्रास, कारण यस्तो

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाको त्रास भएको छ ।

गत साल डिसेम्बर अन्तिम सातातिर चिनको वुहान शहरबाट फैलिएको कोरोना कोभिड-१९ ले विश्वभर आतंक फैलाइरहेको अवस्थामा इटालीमा कोरोना संक्रमण भइरहेको बेला उनलाई पनि आफूमाथि संक्रमण हुने त्रास भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् । कोरोनाले स्वास्थ्य, व्यापार, शिक्षा, खेलकुद सबै क्षेत्रमा प्रभाव पारेको छ । यसैबीच यतिबेला इटालियन लिगका केही खेलहरु पनि स्थगित भएका छन् ।

“इटालीका केही खेलाडीहरुमा कोराना संक्रमण देखिन थालेको छ । त्यसलै रोनाल्डोमा पनि आफूमाथि संक्रमण हुने डरमा छन् । त्यसका लागि रोनाल्डोले जाँच पनि गरिसकेका छन् । उनले हाल डक्टरको सल्लाह पनि लिरहेका छन्,” अंग्रेजी पत्रिका दी सनले उनलाई उदृद गर्दै लेखेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?