कोरोनाको डरले फ्रान्समा चुम्बन गर्न रोक

काठमाडौं । कोरोना भाइरस सर्ने डरका कारण फ्रान्समा चुम्बन गर्न रोक लगाइएको छ ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नगर्न सुझाव दिएका छन् । फ्रान्समा ‘ला बिसे’ संस्कार अर्थात् एक अर्कालाई दुर्इ गलामा चुम्बन गरेर अभिवादन प्रकट गर्न वा बिदाइ दिने चलन छ ।

उनले शारीरिक प्रकृतिको सामाजिक सम्पर्कहरूमा कटौती गर्नुपर्ने सल्लाह दिएका छन् ।

उनले सारा इलाकामा प्रसारित भइरहेको र यसलाई बिस्तारै कम गर्नुपर्नेमा सतर्कता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् ।

यसअगाडि पनि उनले एक–अर्कासँग हात नमिलाउन पनि आग्रह गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?