चीनमा कोरोना संक्रमित राखिएको एक होटल भत्कियो, ७० जना पुरिए

काठमाडौं । चीनमा कारोना भाइरस संक्रमितहरुका सम्पर्कमा भएका मानिसहरु राखिएको एक होटल भत्किँएको छ ।

चीनको चान्जू नगरस्थित पाँचतले होटल भत्किँदा ७० जना फसेको बीबीसीले जनाएको छ । फसेका भध्ये ४७ जनालाई बाहिर निकालिएको अधिकारीहरुले जनाएको छ ।

शनिवार बेलुकी भत्किँएको उक्त भवनमा कसैको मृत्यु भए नभएको पुष्टि भएको छैन । बीबीसीका अनुसार कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?