दुई जनालाई नयाँ दिल्लीमा देखियो कोरोना संक्रमण, २३ हजार भन्दा धेरै निगरानीमा

नयाँ दिल्ली-  भारतको नयाँ दिल्ली र तेलङ्गानामा पनि एक एक जना व्यक्तिमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण भएको फेला परेको छ। परीक्षणमा दुवैमा कोभिड९ १९ पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

इटलीबाट फर्किएका तिनलाई दिल्लीमा कोरोना संक्रमण देखिएको हो । उता तेलङ्गनामा संक्रमित फेला परेका व्यक्ति दुवईबाट फर्किएका हुन्। यी दुवैको थप परीक्षणहरु भइरहेको छ। उनीहरुको अरु यात्रा विवरणबारे अध्ययन भइरहेको बताइएको छ ।

भारतमा अहिले २३ हजार भन्दा धेरै मानिसलाई कोरोना भाइरसको सम्भावित भन्दै निगरानीमा राखिएको छ। ठूलो जनसंख्या भएकाले भारतमा कोरोना नियन्त्रण गर्न कठिन हुनसक्ने भन्दै तयारी अगाडि बढाइएको छ।

विश्वभरिबाट यो समाचार तयार पार्दासम्म ३ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, ८८ हजार ४ सय ४३ जनामा भाइरसको संक्रमण देखिइसकेको छ ।
चीनमा मात्रै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ भने ८० हजार २६ जना यस भाइरसबाट संक्रमित छन् । र, ४४ हजार ४ सय ६२ जना उपचारपछि घर फर्किईसकेका छन् ।
यसको औषधी हालसम्म पत्ता लागेको छैन ।

यता नेपालमा कोरोनाको उद्गमस्थल चीनको वुआनबाट उद्दार गरेर ल्याइएका नेपालीहरुलाई १६ दिनपछि क्वारेनटाइनबाट आज घर फर्काइदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?