कोरोनाको डरले माक्स लगाएरै विवाह !

काठमाडौं । कोरोनाको संक्रमणले अहिले सारा विश्व नै त्रसित बनेको छ । कोरोनाकै डरले दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले मास्क लगाएर विवाह गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोल नजिकैको गेप्युजिआ गुन शहरको युनिफिकेश चर्चमा गत साता सयौँ जोडीको सामूहिक विवाह कार्यक्रम आयोजना भएको थियो । त्यहि सामुहिक विवाहमा बेहुला बेहुलीले मास्क लगाएर विवाह गरेका हुन् ।

दक्षिण कोरियामा अहिलेसम्म २४ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसैले कोरोना भाइरसको संक्रमण हुने डरका कारण विवाह समारोहमा कोरोनाको डरले आफन्तहरूका साथ साथै बेहुला बेहुलीसमेत मास्क लगाएर उपस्थित भएका थिए ।

विवाहपूर्व सबै जोडी र पाहुनाको मेडिकल टेष्ट गरिएको थियो । सबैमा कोरोना भाइरसको संक्रमण नभएको पुस्टि भएपछि मात्र विहेमा सहभागी हुन दिइएको थियो । साथै, त्यहाँ उपस्थित भएका सबैलाई चर्चले नै मास्क दिएको थियो ।

उक्त समारोहमा कम्तीमा पनि ३० हजार मास्क बाँडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याम ‘गार्जियन‘ले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?