डाक्टरसँग कोरोनाका बिरामीले हेरे अस्ताउँदै गरेको सूर्य, तस्वीरले रुवायो सबैको मन

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोपले अहिलेसम्म ३ हजार ६ सय जनाको मृत्यु भईसकेको छ । साथै१ लख भन्दा धेरैमा त्यसको संक्रमण देखा परेको छ ।

कोरोनाको त्रासले मानिसहरु एक अर्कासँग भेट्न, हात मिलाउन, सार्वजनिक ठाउँमा हिँडडुल गर्न समेत डराउने गरेका छन् । यहि भयावह डरकाबीचमा वुहानको एक अस्पतालको बाहिर डाक्टरसँग एक कोरोना संक्रमित व्यक्ति अस्ताउँदो सूर्य हेरिरहेका छन् ।

८७ वर्षीय कोरोना भाइरस रोगीको मनछुने फोटो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको हो । यो फोटो चेनचेन झांग नामक व्यक्तिले आफ्नो ट्वीटर अकाउण्टमा शेयर गरेका थिए ।

फोटो देख्ने मानिसहरुले यो भयावह रोग चाँडै ठिक होओस् भनेर भगवानसँग प्रार्थना गरिरहेका छन् । उनले फोटो शेयर गर्दै उक्त फोटो वुहान युउनआई अस्पतालको भएको बताएका छन् ।

फोटोमा २० वर्षका डक्टर ८७ वर्षका कोरोना रोगीलाई उपचार गर्नका लागि सिटी स्केन गर्न लिएर जाँदै थिए । त्यसै बेला कोरोना रोगी र डाक्टरले अस्ताउँदो सूर्यलाई नियलेर हेरेका थिए ।

ति ८७ वर्षीय व्यक्ति कोरोनाका कारण गएको एक महिना यता अस्पतालमा छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?