कोरोना भाइरस : भारतमा कठोर ‘यात्रा प्रतिबन्ध’, आफ्नै नागरिकलाई पनि प्रवेशमा रोक

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को जोखिमलाई मध्यनगर गर्दै भारतले पनि यात्रा प्रतिबन्ध गरेको छ । भारत सरकारले मार्च १३ बाट लागु हुने गरी विदेशबाट भारत आउन खोजेका सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ ।

भारतले लगाएको यात्रा प्रतिबन्धमा कठोर रहेको छ । अनय देशबाट आउने नागरिकमात्र नभएर आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको हो ।

बुधबार शिर्ष मन्त्रीहरुको एक समूहको वैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरेको हो । वैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए ।

यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश नदिने बताइएको छ ।

प्रतिबन्धमा विदेशमा रहेका भारतीय नागरिकताधारीलाई पनि लागु हुने भए पनि कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?