फ्रान्समा कोरोना संक्रमितको सङ्ख्या ७९ पुग्यो, आइफिल टावर बन्द !

फ्रान्सले लोउभ्री संग्रहालय र आइफिल टावरसहित आफ्ना प्रमुख पर्यटकीय गन्तव्य शुक्रबारदेखि बन्द गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलने डरका कारण १ सय जनाभन्दा धेरै व्यक्तिलाई कुनै पनि ठाउँमा भेला हुन निषेध गरेको छ ।

संसारकै सबैभन्दा ठूलो पर्यटकीय देश फ्रान्समा कोरोनाको महामारीकै कारण शुक्रबारसम्म ७९ जनाको मृत्यु भएको छ, ३ हजार ६ सय ६१ जनामा संक्रमण देखिएको छ ।

फ्रान्सको पर्यटन र सांस्कृतिक क्षेत्र कोरोनाको संक्रमणले नराम्ररी प्रभावित भएको छ । स्कुलहरु बन्द भएका छन् भने ठूला भेलाहरु आयोजना नगर्न निर्देशन दिइएको छ ।

लोउभ्री र आइफिल टावर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । आइफिल टावरको म्यानेजमेन्ट भने छिट्टै सर्वसाधारणका लागि टावर खुल्ने अवस्था निम्तने आशा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?